तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

बैतडी। बलात्कारपछि हत्या गरिएकी बैतडी भागरथी भट्टको हत्याका आरोपी दिनेश भट्ट र भागरथीको भजाईनल स्वाबको ‘डीएनए’ मिलेको प्रहरीले जानकारी दिएको छ ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षण गरिएको भागरथीको भजाईनल स्वाबको डीएनए र दिनेशको डीएनए मिलेको रिपोर्ट आईपुगेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

अभियुक्त र मृतकको डीएनए रिपोर्ट मिलेपछि अनुसन्धान प्रक्रिया सहज तरिबकाले अघि बढ्ने उहाँले बताउनुभयो । प्रनाउ अधिकारीले भन्नुभयो, “ यो भन्दा थप प्रमाण र सत्य अरु केही पनि हुँदैन । प्रहरीको अनुसन्धान फितलो थिएन भन्ने कुरा डीएनए मिल्नुले पुष्टि गरेको छ ।

अभियुक्त दिनेशका परिवारले बैतडीबाट महेन्द्रनगर पुगेर पत्रकार सम्मेलनमा दिनेश निर्दोष रहेको र हत्यामा गाउँपालिकाकै एक कर्मचारीको संलग्नता रहेको दाबी गरेका छन् । भागरथी हत्याको मुद्दा सम्मानित अदालतमा पुगेकोले यो विषयमा बोल्न नमिल्ने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख नारायणप्रसाद अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो,“डीएनए मिलेपछि अरु के सत्य प्रमाण चाहियो ? संसारका जुनसुकै यस्ता घटनाको यो भन्दा थप सत्य अरु केही हुनसक्दैन ।” बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको गत माघ २१ गते विद्यालयबाट घर फर्किदा लडालेक जङ्गलमा बलात्कारपछि हत्या भएको थियो ।

१३ दिन लामो अनुसन्धानपछि बलात्कार र हत्याको आरोपमा सोही गाउँका १६ वर्षीय दिनेश भट्ट पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय बैतडीले २१ दिन लामो अनुसन्धानपछि अभियुक्त दिनेश भट्टलाई जिल्ला अदालत बैतडीको आदेशमा पुर्पक्षका लागि बालसुधार गृह डोटीमा राखिएको छ ।

 

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …