तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । किर्गिस्तानले नेपाललाई गोलरहित बराबरीमा रोकेको छ । थ्री नेशन्स कप फुटबल प्रतियोगिता अन्तगर्तको दोस्रो खेलमा नेपाल किर्गिस्तान बिरुद्ध ०–० को बराबरी खेलेको हो । दुबै टोलीले अङ्क बाँड्दा फाइनलमा पुग्ने टोलीको टुंगो नेपाल र बङ्गलादेशबीच शनिबार हुने खेलबाट निर्धारण हुनेछ । प्रतियोगिता अन्तगर्तको पहिलो खेलमा किर्गिस्तानलाई १–० ले हराएको बङ्गलादेश भने फाइनलमा स्थान सुनिश्चित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङशालामा बिहीबार सम्पन्न खेलमा नेपालले आधा दर्जनभन्दा बढी उत्कृष्ट अबसर खेर फालेको थियो । खेलको सुरुवातमै तेज तामाङको फ्रिकिकमा अञ्जन विष्टको हेडर पोष्ट नजिकैबाट बाहिरिएपछि नेपालले चौथो मिनेटमै अग्रता लिने अबसर खेल फाल्यो । ९ औं मिनेटमा त्रिदेव गुरुङको कर्नरमा अनन्त तामाङको हेडर बाहिरियो । १४ औं मिनेटमा अञ्जन विष्टको क्रस पोष्टमा लागेर उछिट्टिन पुग्दा किर्गिस्तानका डिफेन्डरले पुर्नप्रहारबाट जोगाए । पहिलो हाफसम्म आधा दर्जन पटक नेपालले गोल गर्ने अबसर पायो तर सदुपयोग गर्न सकेनन ।

दोस्रो हाफमा अभिषेक रिजाललाई लडाएपछि किर्गिस्तानका कप्तान रातो कार्ड खाएर बाहिरिन पुग्नुभयो । तासिभ कामोलिदिनलाई म्याच रेफ्री क्रिष्टल जोनले दोहोरो पहेंलो कार्ड देखाउँदै मैदान बाहिर पठाउनुभयो । खेल सकिन तीन मिनेट मात्रै बाँकी रहँदा अर्का खेलाडी घाइते हुन पुग्दा किर्गिस्तान नौ खेलाडीमा सीमित हुन पुग्यो । उक्त रिक्ततालाई समेत नेपालले सदुपयोग गर्न सकेनन । घरेलु दर्शकको साथ र समर्थन पाएको पहिलो खेलमा नेपालले गोल गर्ने आधा दर्जनभन्दा बढी अबसर सृजना गरेपनि राम्रो अन्त्य दिन सकेनन ।

शनिबार हुने खेलमा नेपालले बङ्गलादेशलाई बराबरीमा रोकेको अवस्थामा फाइनलमा पुनः बङ्गलादेशसँगको भेट सुनिश्चित गर्नेछ । तर नेपालले १–० भन्दा बढी गोल अन्तरले हार बेहोरेको स्थितिमा किर्गिस्तानले फाइनलमा बङ्गलादेशको सामना गर्नेछ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …