तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा प्रतिस्पर्धा गर्ने ७ फ्रेन्चाइज टोलीको नाम र लोगो आइतबार सार्वजनिक गरिएको छ । आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्टले आइतबार एक कार्यक्रमबीच सात प्रदेशको प्रतिनिधित्व हुने गरी सहभागी फ्रेन्चाइज टोलीको नाम र लोगो सार्वजनिक गरेको हो ।

सहभागी टोलीमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी फुटबल क्लब रहेका छन् । विराटनगर सिटी एफसीका अध्यक्ष अनुप रञ्जन भट्टराईले तराईमा फुटबलको क्रेजलाई मध्यनजर गर्दै यहाँको फुटबल संस्कृति विकासमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गरे । उनी नेपाल टेलिकमको पूर्वप्रबन्ध निर्देशक हुन् । क्लबको कार्यकारी निर्देशक (सीइओ)मा सुभाषिध कोइराला रहेका छन् ।

काठमाडौंको स्वामित्व यमाहा अटो मोरङ अटो वर्कले खरिद गरेको छ । अध्यक्षमा यमाहाका सीईओ चिरञ्जीवी शाह रहेका छन् । भाटभटेनी सुपरमार्केटले ललितपुर सिटी फुटबल क्लब हेर्नेछ । अध्यक्षमा भाटभटेनी सुपर मार्केट प्राइभेट लिमिटेडका निर्देशक कामना गुरुङ रहेकी छन् । चितवन फुटबल क्लबमा आइएमई ग्रुपमा प्रमुख चन्द्र ढकालको लगानी रहेको छ । सचिन ढका र हेमराज ढकाल पनि समूहमा रहेका छन् । पोखराको मालिकमा लक्ष्मी हुन्डाइका निराकार श्रेष्ठ रहेका छन् । श्रेष्ठले ए डिभिजन टोलीसँग आवद्धतापछि लक्ष्मी ग्रुपको स्थापना स्थल पोखरा रोजेको जानकारी दिए । बुटवल लुम्बिनी फुटबल क्लबको स्वामित्व राजकुमार तिमल्सिनाको कम्पनी भिजन सेकुरिटिजले खरिद गरेको छ । जसमा वेदप्रसाद तिमल्सिना रहेका छन् ।

धनगढी फुटबल क्लबको टिमलाई सुवास शाहीको नेतृत्व र गो ड्रिमर्सले खरिद गरेका छन् । नेपाली क्रिकेटमा लामो समयदेखि लाग्दै आएका शाहीले खेलकुदलाई सशक्त उद्योगका रूपमा अघि बढाउन यो कदम चालिएको बताए । खेलाडी अक्सन चैत ६ गते हुने बुझिएको छ । २०७६ कै वैशाख र जेठमा आयोजना गर्ने गरी एन्फा र म्यानेजमेन्टबीच २०७५ को पुसमा सम्झौता भएको थियो । त्यति बेलाको सम्झौताले बल्ल यसपटक मूर्तरूप लिन लागेको हो । पूर्वनिर्धारित समयभन्दा दुई वर्षपछि सुपर लिग आयोजना हुने भनिएको छ ।

म्यानेजमेन्टले सोमबार पत्रकार सम्मेलन गर्दै २०७८ को वैशाखमा सुपर लिग आयोजना गर्ने घोषणा गरेको छ । वैशाख ११ देखि २५ सम्म दशरथ रंगशालामा प्रतियोगिता गर्ने तयारी रहेको छ । एन्फाले नेपाली फुटबलको दिगो विकास र विस्तार गर्न विकेन्द्रीकरण नीतिअनुसार उपत्यका बाहिर सातै प्रदेशमा फुटबल विकासका लागि लिग गर्न लागेको जनाएको छ । सुरुवाती सम्झौताका समयमा फ्रेन्चाइज लिग प्रादेशिक अवधारणा गरिइने बताइएको थियो ।

तर, अहिले सहरको आधारमा टोली बन्ने भनिएको छ । फ्रेन्चाइज लिगका लागि एन्फाले हाल १४ ‘ए’ डिभिजन क्लबबाट उत्कृष्ट १ सय ४० खेलाडी छनोट गरेर सबै प्रदेशलाई बाँड्दै टिम बनाउने बताएको थियो । प्रतियोगिता सिंगल राउन्ड रोबिनको आधारमा खेलाइने जनाएको छ । हरेक टोलीमा विभिन्न श्रेणीका २० खेलाडी रहने र खेलाडीको श्रेणी एन्फाको सहकार्यमा छुट्टाइने म्यानेजमेन्टले जनाएको छ । हरेक टोली ३ जना राष्ट्रिय खेलाडी राख्न पाउने र मैदानमा २ खेलाडीसम्म उतार्न पाइने प्रावधान गरिने तयारी छ । राजाधानी दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …