तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

फैसला आइतबार नै आयोगमा दर्ता

काठमाडौं । सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई वैधता दिएपछि निर्वाचन आयोगले पाँच रणनीतिसहित गृहकार्य अघि बढाएको छ ।

अदालतको फैसलापछि आयोगले सर्वोच्च अदालतबाट प्राप्त फैसलालाई आइतबार नै दर्ता गरिसकेको छ । आयोगले अब फैसला कार्यान्वयन गर्दै कसरी अघि बढ्ने भन्ने सन्दर्भमा मंगलबार पदाधिकारी बैठकसमेत बोलाएर गम्भीर छलफल गरेको थियो । बैठकमा पाँच विषयलाई अघि बढाउनेगरी निर्णय गरिएको आयोगले जनाएको छ ।

बैठकबाट आयोगले नेकपा एकतापछि दर्ता भएका एमाले र माओवादी केन्द्रलाई पार्टीको नाम र निर्वाचन चिह्नको विकल्प रोज्न लगाउँदै पत्र पठाउने, एकताअघिका दुवै दल एमाले र माओवादी केन्द्रलाई विवरण अद्यावधिक गर्न पत्र लेख्ने, कट्टेल नेतृत्वको दललाई मार्ग प्रशस्त हुनबाट रोकिएकोमा बधाईसहित आधार दिने निर्णय गरेको छ ।

यसैगरी, एमाले र माओवादीलाई एक हुन वा गाभिन चाहेमा पत्र पठाएर फेरि बोलाउने र उपनिर्वाचनपछि नेकपाबाट निर्वाचित भएकाका विषयमा कानुनी परामर्श गर्नेगरी पाँच रणनीति तय गरिएको आयोगले जनाएको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगले कट्टेल नेतृत्वको नेकपालाई अब अदालतको फैसलाअनुसार नै कामकारबाही अघि बढाउन मार्ग प्रशस्त गर्ने जानकारी दिए ।

यस्ता छन् आयोगका पाँच रणनीति 

– एकतापछि दर्ता भएका एमाले र माओवादी केन्द्रलाई अन्य विकल्प दिने 

– एकताअघिका दुवै दललाई विवरण अद्यावधिक गर्न पत्र लेख्ने

– ऋषि कट्टेलको दललाई मार्ग प्रशस्त गर्न आधार दिने

–. एमाले र माओवादीलाई एक हुन वा गाभिन फेरि बोलाउने

–. उपनिर्वाचनपछि निर्वाचित भएका व्यक्तिका विषयमा कानुनी परामर्श गर्ने

‘अदालतको पत्र आयो, अब ऋषि कट्टेल नेतृत्वको दललाई कामकारबाही अघि बढाउन सहज हुनेगरी मार्ग प्रशस्त गर्छौं र अन्य विकल्पमा आयोग अघि बढ्छ,’ आयोगका प्रमुख आयुक्त थपलियाले राजधानीसँग भने । आयोगले केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्रबीच २३ जेठ २०७५ मा पार्टी एकीकरणपछि बनेको दलको नाम नेकपा राखिदिएको थियो ।

त्यसपछि सो नाम आफ्नो दलको भएको भन्दै कट्टेलले निर्वाचन आयोगमा उजुरी गरेका थिए । तर, आयोगले सुनुवाइ नगरेपछि कट्टेलले आधिकारिकता माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । त्यसपछि आयोगमा फेरि नेकपा एमालेको नामबाट सन्ध्या तिवारी र माओवादी केन्द्रको नामबाट गोपाल किरातीले पार्टी दर्ता गराएका थिए । तिवारीले दर्ता गरेको दलको चिह्न उदाउँदो सूर्य र किरातीको दलको चिह्न हँसिया हथौडा छ ।

तर, सर्वोच्च अदालतको आइतबारको फैसलापछि उनीहरूले समेत आयोगमा दर्ता गरेर पाएका पार्टीको नामको समेत विकल्प खोज्नुपर्ने भएको छ । ‘यसैबीच एमाले पनि दर्ता भयो, माओवादी केन्द्र पनि दर्ता भयो, अब आयोगले संविधानअनुसार दर्ता खारेज गर्न मिल्दैन, अब उनीहरूलाई नाम र चिह्नमा विकल्प छान्न बोलाउँछौं, दिएको समयभित्र नआए दर्ता कायम राखेर आयोगले नै नाम र चिह्न तोकिदिन्छ,’ प्रमुख आयुक्त थपलियाले भने ।

यसैगरी, साबिकको दल एमाले र माओवादी केन्द्रलाई समेत आयोगले पुनः एकीकरणमा जान चाहे राजनीतिक दलसम्बन्धी ऐनको दफा १० अनुसार एकीकृत हुन वा गाभिन निश्चित समय दिएर बोलाउनेछ । यस्तै, दुवै दलबीचको पार्टी एकतापछि भएका विभिन्न तहका उपनिर्वाचनमा सूर्य चिह्नबाट निर्वाचित ५२ जना व्यक्तिको कानुनी हैसियत के हुने भन्ने विषयमासमेत आयोगले परामर्श गर्नेछ ।राजाधानी दैनिकमा  खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …