तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। धादिङ एक्स्काभेटर चालकले जिउँदै पुरेर मृत्यु भएकी त्रिपुरासुन्दरी–१ की सरस्वती कुमालका आफन्तले ठेकेदार पक्राउ र क्षतिपूर्ति नदिएसम्म पोस्टमार्टम नगर्ने बताएका छन् ।

मृतकका परिवारजनले दोषीलाई कर्तव्य ज्यान मुद्दा र उचित क्षतिपूर्तिको माग राख्दै शव बुझ्न मानेका छैनन् । शव सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । बुधबारसम्म उनीहरुलाई पक्राउ नगरे शव ल्याएर गाउँपालिकामै धर्ना दिने आफन्तजनले चेतावनी दिएका छन् ।

बुधबार बिहानसम्म दोषीलाई उपस्थित गराउँछौं भन्ने प्रहरीले आश्वासन दिएको छ,’ सल्यानटारका पूर्व गाविस अध्यक्ष फणिकान्त छत्कुलीले भने । दाङ घर भएका चालक बुढाथोकी र ठेकेदार युनियन बन्जाराको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख महेन्द्र खड्काले बताए ।सोमबार दिउँसो त्रिपुरासुन्दरी–१ जिपजिपे पाखामा सडक खनिरहेको एक्स्काभेटरको ठक्करबाट ४५ वर्षीया कुमाल घाइते भएकी थिइन् ।

उनलाई उद्धार गर्नुको साटो चालक भीमबहादुर बुढाथोकीले एक्स्काभेटरमार्फत धकेलेर खसालेका थिए । त्यसपछि माटो झारेर पुरेका थिए । स्थानीयले खोजतलास गर्दा सरस्वतीको शव घोप्टो अवस्थामा फेला परेको थियो । उत्तेजित स्थानीयले एक्स्काभेटरमा आगजनी गरेका थिए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …