तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौँ । भौतिक पूर्वाधार निर्माणका विषयमा परेका उजुरीहरूको अनुसन्धानलाई थप प्रभावकारी, विश्वनीय र गोप्य बनाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै प्राविधिक परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने भएको छ ।

आयोगले काठमाडौँस्थित केन्द्रीय कार्यालय परिसर र अन्य छ ठाउँमा प्राविधिक परीक्षण प्रयोगशाला निर्माण गरी सञ्चालनमा ल्याउन लागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले भौतिक पूर्वाधार निर्माणबारे प्रश्न उठाउँदै परेका उजुरीहरूको अनुसन्धानका क्रममा सम्बन्धित पूर्वाधारको परीक्षण गर्नुपर्ने भएकाले आयोगले आफ्नै प्राविधिक प्रयोगशाला सञ्चालनमा ल्याउन लागेको जानकारी दिनुभयो । उहाँका अनुसार, काठमाडौँस्थित आयोगको केन्द्रीय कार्यालय परिसरसहित अयोगका अन्य छवटा कार्यालय इटहरी, बर्दिबास, हेटाँैडा, पोखरा, नेपालगञ्ज, कञ्चनपुरमा निर्माण कार्य भइरहेको छ ।

उहाँले भन्नुभयो, ‘‘केही समययता भौतिक पूर्वाधार निर्माणमा गुणस्तरीय काम नभएको, सम्झौता अनुसारको काम नभएको, व्यापक अनियमितता भएकालगायतका उजुरीहरू आयोगमा आउने क्रम बढेका छन्, त्यस्ता उजुरीहरूको अनुसन्धान गर्न निर्माणाधीन तथा निर्माण कार्य सम्पन्न भइसकेका भौतिक पूर्वाधारको प्राविधिक परीक्षण गर्नुपर्ने हुन्छ । चालू आर्थिक वर्षभित्र प्रयोगशालाहरू सञ्चालनका लागि अन्य निकायबाट प्राविधिक कर्मचारीहरू सरुवा गराएर वा करारमा नियुक्ति गरिने उहाँले जानकारी दिनुभयो ।

अख्तियारले यसअघि भौतिक पूर्वाधारको प्राविधिक परीक्षण गर्ने क्रममा सडक विभाग, इन्जिनियरिङ कलेजका प्रयोगशाला प्रयोग गर्दै आएको थियो । आफ्नै प्रयोगशाला भएको अवस्थामा अनुसन्धानको थप विश्वसनीयता, गोपनीयता तथा गुणस्तर कायम गर्न मद्दत पुग्ने उहाँले बताउनुभयो ।

अख्तियारको प्राविधिक परीक्षण तथा मूल्याङ्कन महाशाखाका प्रमुख रामाकान्त दुवाडीले निर्माणका क्रममा कमसल सामग्रीको प्रयोग भएको वा निर्मित संरचनाहरूको गुणस्तर तोकेबमोजिमको निर्धारित मापदण्ड अनुसारको काम नभएको भन्दै परेका उजुरीको अनुसन्धानका लागि आयोगले आफ्नै प्रयोगशाला निर्माण गरिरहेको बताउँदै सोका लागि आयोगले निर्देशिका समेत तयारी गरिसकेको जानकारी दिनुभयो । गोराखापत्र दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …