तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मोरङ। उर्लाबारी ५ का ३१ वर्षीय प्रविण बास्तोलाको हत्या घटनामा ६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा जिल्ला अदालत मोरङमा दर्ता भएको छ । पक्राउ परेका दुई जनाको अदालतमा बुधबार बयान गराइएको छ ।

उर्लाबारी नगरपालिका ६ का राजेश रणपहेली, सुदीप परियार, दीपेश पौडेल, मेहरमान दर्जी, कुमार राई र रमेश गिरीविरुद्ध मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए । उनका अनुसार कुमार राई र मेहरमान दर्जी पक्राउ परेको र उनीहरुलाई बयानका लागि अदालतमा उपस्थित गराइएको छ ।

जिल्ला अदालत मोरङका श्रेस्तेदार राजकुमार दाहालले उर्लाबारी घटनाका आरोपीमध्ये राई र दर्जीको बयान सकिएको र बिहीबार बहसपछि पुर्पक्षका लागि आदेश हुने बताए । उनले जिल्ला न्यायाधीश सुदर्शन लामिछानेको इजलासमा मुद्दाको सुनुवाइ भइरहेको सुनाए ।

उक्त हत्या घटनामा सत्यतथ्य लुकाएर दोषीलाई उन्मुक्ति दिने षड्यन्त्र गरेको भन्दै मृतकका परिवाजन तथा आफन्त आइतबारदेखि आन्दोलनमा छन् । उनीहरुले इलाका प्रहरी उर्लाबारी घेराउका साथै विराटनगरमा प्रदर्शन गर्दै सरकारी वकिलको कार्यालय, जिल्ला प्रशासन र जिल्ला प्रहरीमा न्याय प्राप्तीका सहयोग गर्न आग्रह गरेका थिए ।

परिवारजनले हत्याको घटनामा सत्यतथ्य लुकाएर तथ्यहिन फायल खडा गर्ने प्रहरी निरीक्षक उद्धव पोखरेललाई छानबिन गरी कारबाहीको दायरामा ल्याउनु पर्ने र दोषीलाई कानुनी कारबाहीका लागि जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गर्नुपर्ने माग गर्दै आएका थिए ।

बास्तोलाको शव पुस ५ गते स्थानीय गोदाबरी अस्पतालमा परिवारजनले फेला पारेका थिए । उर्लाबारी ४ स्थित रमेश गिरीको घरमा डेरा गरी बस्दै आएका रिकेश शिवा भन्ने मेहरमान दर्जीले प्रवीणलाई पुस ४ गते फोन गरेर बोलाएका थिए । शिवा, दिपेश पौडेल, राजेश रणपहेलीसँगै प्रवीणले उर्लाबारीको पूर्वपट्टीको बसपार्क नजिकको सौरबी होटलमा रक्सी खाएर सबै जनासँगै शिवाको डेरामा सुत्न गएका थिए । तर प्रवीणको राति नै मृत्यु भएको र त्यसको जानकारी परिवारजनलाई बिहान ११ बजेमात्रै गराइएको थियो ।

प्रहरीले घटनाको भोलिपल्ट नै पक्राउ गरेका शिवा, दिपेश पौडेल, राजेश रणपहेलीलगायत माथि अभद्र व्यवहारको मुद्दा चलाएर अनुसन्धान थालेको थियो । तर उनीहरुलाई फागुन २ गते छाडिदिएकाले परिवारजनले न्याय नपाउने आशंकाले खोजीनीति गर्न थालेका थिए । त्यही क्रममा आइतबार इलाका प्रहरीमा बुझ्न जाँदा अनुसन्धान गरिएको फायलमा मृतकको फर्जी फोटो भेटाएपछि परिवारजन आक्रोशित भएका थिए । प्रहरीले अनुसन्धानपछि फाइल सरकारी वकिलको कार्यालयमा बुझाएको तर त्यहाँबाट मृत्यु कारण खुलाइ पठाउन फायल फिर्ता गरिदिएको थियो । घटनामा जिल्ला प्रहरी मोरङले प्रहरी नायब उपरीक्षक मानबहादुर राईको नेतृत्वमा छानबिन टोली गठन गरी अनुसन्धान गरिरहेको छ ।

प्रहरी उपरीक्षक खड्काले मृत्युको कारण पत्ता लगाउन समय लागेकाले घटनाबारे केही भ्रम सिर्जना भएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङमा बुधबार पत्रकार सम्मेलन गरी उनले सुरुमा आएको पोस्टमार्ड प्रतिवेदनले मृत्युको कारण नखुलेपछि भिसेरा परीक्षणका लागि पूर्व क्षेत्रीय विधि विज्ञान प्रयोगशाला धरानमा पठाएको बताए । भिसेर प्रतिवेदनमा पनि स्पष्ट रुपमा मृत्युको कारण नखुलाएपछि पुन: पत्राचार गरेर मृत्युको कारण खुलाइ पठाइदिन आग्रह गर्‍यौं,’ उनले भने, ‘भिसेरा परीक्षण प्रतिवेदनमा निसासिएर मृत्यु भएको उल्लेख भएर आउँदा समय लाग्यो र जसले प्रहरीको अनुसन्धानमाथि शंका उब्जायो ।’

इलाका प्रहरी उर्लाबारीको विषयमा पीडितले उठाएको प्रश्नका कारण प्रहरी नायव उपरीक्षक राईको नेतृत्वमा गठित छानबिन समितिको प्रतिवेदनमा दोषी देखिए कारबाही गर्ने खड्काले प्रतिबद्धता जनाएका छन् ।कान्तिपुर दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …