तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

पर्वत । वैदेशिक रोजगारीको सिलसिलामा कुवेत लैजाने भन्दै श्रीलङ्का लगेर अलपत्र पार्ने सुवेदी कान्छो भन्ने खेमबहादुर सुवेदीलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ।

बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–३ घर भएका सुवेदी उनको पुख्र्याैली घर पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोेट नयाँपुलबाट सोमबार पक्राउ परेका हुन्।

अभियुक्त सुवेदीले कुवेतमा घरेलु कामदारका रूपमा लैजाने भन्दै काठमाडौँबाट नेपालगञ्ज हुँदै भारतको नयाँदिल्ली पुर्याएर त्यहाँबाट चेन्नाई हुँदै श्रीलङ्का पुर्याएपछि एक महिला अलपत्र परेकी थिइन्।

श्रीलङ्का पुर्याएपछि त्यहाँ सिरक खान र आलिक खानले आफ्नो साथमा राखेर घरबाट बाहिरसमेत जान नदिई थुनामा राखेको अवस्थामा श्रीलङ्काली प्रहरीले पक्राउ गरी १० महिना थुनामा राखेको थियो।

ती महिला श्रीलङ्काको जेलमा रहेको थाहा पाएपछि कोलम्बोस्थित नेपाली दूतावासको सहयोगमा उनलाई नेपाल फर्काइएको ब्यूरोले जनाएको छ।

महिलालाई गएको माघ ३० गते नेपाल फर्काइएको थियो। ती महिलाको जाहेरीका आधारमा सुवेदीलाई पक्राउ गरी कारवाही अगाडि बढाएको ब्यूरोले जनाएको छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …