तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा संवैधानिक इजलासमा आजदेखि एमिकस क्युरीको बहस सुरु हुँदैछ ।

संसद विघटनविरुद्ध परेका १३ वटा रिट निवेदनमाथिको जवाफी बहस सकिएपछी आजदेखि अदालतका सहयोगी अर्थात् एमिकस क्युरीको बहस सुरु हुन लागेको हो ।

एमिकस क्युरीको बहसपछि निर्णय आउने छ ।

के हो एमिकस क्युरी ?

सर्वोच्च अदालको संवैधानिक इजलाससम्बन्धी नियमावलीका अनुसार सर्वोच्चले कुनै पनि कानून व्यवसायी वा विषय विज्ञलाई इजलासमा बोलाउनुलाई एमिकस क्यूरी भनिन्छ । यसमा अदालतमा विचाराधीन मुद्दाको प्रकृति र गम्भीरताका आधारमा इजलासले सम्बन्धित विषयको विशेष ज्ञान र अनुभव भएका व्यक्तिहरूलाई बोलाउन सकिन्छ ।

एमिकस क्युरिलाई अदालतको सहयोगी टिम मान्न सकिन्छ । अदालतमा पेश भएका कुनै पनि मुद्धाहरुलाई फैसला गर्नु अगाडी अदालतले एमिकस क्युरी झिकाउने निर्णय गर्न सक्छ । अदालतमा पक्ष र विपक्षी बीच बहस चलेको बेलामा अदालतले न्युट्रल मानिसहरुको राय महसुस गर्न सक्छ ।

एमिकस क्युरिमा कोको हुन् सक्छन ?

एमिकस क्युरिको लागि नेपाल बार एसोसियसनबाट ३ जना अधिवक्ता र अदालत बार एसोसियसनबाट २ जना अधिवक्ताको एउटा टीम हुन्छ ।

 एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिश कृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक रहनुभएको छ ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …