काठमाडौँ । काठमाडौँ महानगरपालिका–२९ कालिकास्थानस्थित एनआइसी एशिया बैंकको एटिएम बुथको ढोका फुटाउँदै गरेको अवस्थामा तीन जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौँ बानेश्वर बस्ने बागलुङ गलकोट नगरपालिका–७ घर भएका २२ वर्षीय साहिल खत्री, काठमाडौँ महानगरपालिका–२९ कालिकास्थान बस्ने बागलुङ गलकोट नगरपालिका–७ का २५ वर्षीय अनिल थापा र सोही ठाउँ बस्ने २५ वर्षीया नुमा मगर रहेका छन्।
महानगरीय प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको र यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …