तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

यज्ञ कुमार राई

खोटाङ  । नेपाल तरुण दल क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ खोटाङको आयोजनमा खोटेहाङ गाउँपालिका वडा नम्बर १ लिकुवापोखरीमा पुस १६ गतेदेखि वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता साथै एकल नृत्य महिला तथा शुभकामना आदन प्रदान कार्यक्रम सुरु भएको छ।

तरुण  दल क्षेत्र नम्बर २ खोटाङका अध्यक्ष सुरेश राईको सभापतित्वमा भयको उक्त प्रतियोगितामा प्रमुख अतिथि रविप्रकास राईले खेलाडीलाई बल हस्तान्तरण गरेर भलिबल खेल प्रारम्भ गरेका थिए ।

आयोजित प्रतियोगितामा पुरुष तर्फ २५ टिम,महिला तर्फबाट १० टिम र एकल महिला नृत्य तर्फ २५ टिमले नाम दर्ता गराएको तरुण दल क्षेत्र २ का उपाध्यक्ष दिनेस राईले जानकारी दिए।

प्रतियोगितामा पुरुषतर्फ प्रथम पुरस्कार ५० हजार द्धितिय ३० हजार तृतिय पुरस्कार १५ हजार साथै मेडल र प्रमाण पत्र रहेको आयोजकले जनाएको छ ।त्यस्तै महिला भलिवलतर्फ प्रथम २० हजार, द्धितिय १० हजार र तृतिय ५ हजारको साथमा मेडल र प्रमाण पत्र रहेको छ ।

त्यसै गरि एकल नृत्य महिलातर्फ प्रथम पुरस्कार १० हजार, दोस्रो पुरस्कार ५ हजार र तृतिय पुरस्कार ३ हजारका साथै मेडल र प्रमाणपत्र रहेको तरुण दलका अध्यक्ष सुरेश राईले बताए। 

नेपाल तरुण दल क्षेत्र नम्बर २ खोटाङका अध्यक्ष सुरेश राईको सभापतित्वमा भएको पहिलो दिनको प्रतियोगितामा नेपाली काँग्रेस खोटाङका जिल्ला सभापति नरेश कुमार श्रेष्ठको प्रमुख अतिथि रहेको थियो भने विशिष्ट अतिथिमा नेपाली काँग्रेस खोटाङका पुर्व सभापति बिष्णु कुमार राई, महासमिति सदस्य रवि प्रकाश राई, बिनोद बानतावा रहेको तरुण दल क्षेत्र नम्बर २ उपाध्यक्ष दिनेश राईले आगमन खबरलाई बताए ।  

प्रतियोगितामा कोङ्रेस महाधिवेशन प्रतिनिधि भुपेन्द्र राई, जिल्ला सदस्य निसान राई, नेपाली काँग्रेस खोटाङ क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति तिर्थराज भट्टराई दिप्रुङ चुईचुम्मा गाउँपालिकाका उपाध्यक्ष सपना राई, नेविसंघ खोटङका अध्यक्ष राजकुमार बस्नेत, नेविसंघ खोटाङका वरिष्ठ उपाध्यक्ष नइन्द्र राई लगायले कार्यक्रमलाई सम्बोधन गर्दै  प्रतियोगितामा सहभागी हुनुहुने सम्पूर्ण  खेलाडी र नृत्य सहभागिहरुलाई शुभकामना सन्देश दिएका थिए 

त्यसैगरी स्वागत कार्यक्रममा तरुन दल खोटाङका उपाध्यक्ष काजिमान राईले उपस्थित अतिथि गण खेलाडी तथा अन्य महानुभावलाई नेपालीको लोकतान्त्रिक आन्दोलन २०१७ सालमा तत्कालीन राजा महेन्द्रले अपहरण गरेपछि उक्त कदमको बिराध गर्दै वीपी कोइरालाले पन्चायति ब्यावस्थाको बिरुद्र विभिन्न प्रकारका आन्दोलन अगाडि बढाउनु भएको स्मरण  गर्दै  लोकतान्त्रिक शासन व्यवस्था स्थापना गर्दै जनताको सर्वभौम अधिकार स्थापित गराउन लामो समय भारत निर्वासन जीवन बिताई रहनु भएका वीपी कोइराला नेपालको  अस्थिरता माथि घुवा बोली राष्ट्रमाथि नै खतरा आएको भन्दै आफ्नो जीवननका समेत प्रवाह नगरि चुनौतीपूर्ण अवस्थामा २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लियर नेपाल फर्किनु भयको महत्त्वपूर्ण दिनको अबसर पारेर गरिएको  भलिबल प्रतियोगिता कार्यक्रम शुभारम्भ गरिएको  तरुण दल क्षेत्रीय अध्यक्ष सुरेश राईले बताए।

कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य रवि प्रकाश राई , खोटाङ क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति तिर्थराज भट्टराई, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका उपाध्यक्ष सपना राई नेविसंघका वरिष्ठ उपाध्यक्ष नइन्द्र राई , नेपाल तरुण दल क्षेत्र नम्बर २ का उपसभापति दिनेश राई, क्षेत्र नम्बर २ का अध्यक्ष सुरेश राई, खोटेहाङ गाउँपालिकाका पार्टी सभापति प्रेम कुमार थापा, नेविसंघ सदस्य प्रतीक आचार्य लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई बोल्दै पुर्व जिल्ला पार्टी सभापति बिष्णु कुमार राईले मुलुक जटिल र गम्भीर मोडमा हुँदा चनाखो रहेर जनताले खबरदारी गर्दै लोकतन्त्रको रक्षाका लागि अन्तिम लडाइ लड्नु पर्ने बताए।

त्यतै विशिष्ट अतिथिको आसन बाट महासमिति सदस्य रवि प्रकाश राईले कम्युनिस्ट हुरुले नेपाली जनतालाई भ्रममा पार्दै कम्युनिस्ट ब्यावस्थाको निरनकुस शैली र यकाधिकारको शासन पद्धतिलाई छाडेर नेपाली काँग्रेसको दर्शन र लोकतान्त्रिक  शासन  व्यवस्थामा सहभागी भएर  अवसरवादी चरित्र प्रदशन गरेको बताए ।

कम्युनिस्ट शासनमा पार्टी भित्र वा राष्ट्रिय राजनीतिमा लोकतान्त्रिक विधि अनुसार प्रतिस्पर्धा गर्ने पद्धति नभएकोले अहिले उनिहरुले नेपाली काँग्रेसले अवलम्बन गरेको  लोकतान्त्रिक शासन पद्धतिमा आफुलाई समाबेश गरेकाले   कम्युनिस्टहरु अब पतनहुने  बाटोतर्फ अघि बढ्ने निश्चित   रहेको उल्लेख गर्नुभयो । अबको दिन नेपाली काँग्रेसको भबिस्य उज्ज्वल हुने भयकाले कम्युनिस्ट पार्टीका नेताहरुको झुटा आस्वसन र भ्रममा नपरी नेकपामा अल्मलियका  कार्यक्रर्ता लाई नेपाली काँग्रेसमा समाबेश हुन आग्रह गरेको  तरुण दल लिकुवा पोखरिका नेता भुपेन्द्र राईले बताए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …