तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौ । स्थगित भएको २०७६ सालको शहिद स्मारक ‘सी’ डिभिजन लिग आगामी चैत १ गतेदेखि सञ्चालन हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले सी डिभिजन लिगका पदाधिकारीसँग आज छलफल गर्दै गत वर्ष चैतमा स्थगित भएको लिग पुनः सञ्चालन गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको महामारीका कारण सी डिभिजन लिग स्थगित भएको थियो ।

गत वर्ष स्थगित भएका घरेलु प्रतियोगिता यस वर्षभित्रै सम्पन्न गरिने एन्फा प्रवक्ता किरण राईले जानकारी दिए । सी डिभिजन लिगको तयारी गर्न एन्फाले प्रत्येक क्लबलाई रु नौ लाख सहयोग गर्ने भएको छ । यसअघि लिग तयारीका लागि प्रत्येक क्लबलाई एन्फाले रु सात लाख आर्थिक सहयोग गर्दै आएको थियो ।

छलफलमा एन्फा अध्यक्ष कर्माछिरिङ्ग शेर्पा, महासचिव ईन्द्रमान तुलाधर, लिग कमिटीका संयोजक विज्ञानराज शर्मालगायत एन्फा पदाधिकारी सहभागी थिए । एन्फाले बुधबार मात्र २०७६ सालमा कोरोनाका कारण स्थगित गरिएको सहिद स्मारक ‘बी’ डिभिजन लिग आगामी फागुन ११ गतेदेखि पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो ।

नौ महिनाअघि बीचमै रोक्नुपरेको लिगलाई एन्फाको लिग कमिटीले पुनः सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता राईले बताए । लिग सञ्चालनका क्रममा स्वास्थ्य मापदण्डको पालना गरिनुका साथै सबै खेलाडीको कोरोना परीक्षण गरिने छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …