तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

धादिङ । जिल्लामा पहिलो पटक मेयरकप ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ ।  आठ विधामा सञ्चालन हुने प्रतियोगितामा  जिल्लास्तरीय पुरुष एकल २१ समूह, जिल्लास्तरीय पुरुष युगल १६ समूह, नगरपालिकाअन्तर्गत पुरुष युगल ४७ समूह, अफिसर्स युगल १८ समूह, पालिकाअन्तर्गतको पुरुष युगल ३५ समूह, भेट्रान्स ४५ वर्षभन्दा माथिको एकल १२ समूह, १९ वर्षमुनिका पुरुष एकल ११ समूह, जिल्लास्तरीय महिला एकल १४ समूह गरी १७४ समूहले भाग लिने छन् ।

प्रतियोगितामा पुरस्कृत हुने सबै समूहका प्रतियोगीलाई जिल्ला ब्याडमिन्टन सङ्घले नगद पुरस्कार, कप, शिल्ड र प्रमाणपत्र दिने आयोजक राजकुमार श्रेष्ठले जानकारी दिए ।  प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने छ ।  जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष विष्णुकुमार श्रेष्ठका अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाले खेलकूदका विकासमा आफूले सकेको ध्यान दिने दृढता व्यक्त गरे ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …