तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नेपाली खेलकूदको अभिलेखीकरण गरिने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)को सहयोगमा नेपाली खेलकूदको डिजिटल अभिलेखीकृत गर्न लागिएको हो । नेपाल ओलम्पिक कमिटीले आज पत्रकार सम्मेलन गर्दै नेपाली खेलकूदको क्षेत्रमा दूरगामी प्रभाव पार्ने अभिलेखीकरणको परियोजनाको थालनी भएको जनाएको छ ।

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले परियोजना ऐतिहासिक भएको बताए । खेलकूदको इतिहासलाई जगेर्ना गर्न सङ्ग्रहालयको परियोजना सफल हुने उनको भनाइ थिया । पहिलो चरणको सहयोगअन्तर्गत सङ्ग्रहालयको काम अघि बढाइएको र अरू काम पनि साथासाथै अघि बढाइने श्रेष्ठले बताए ।

नेपाल ओलम्पिक कमिटीको अनुरोधमा आइओसीले अभिलेखीकरणको परियोजना सञ्चालन गर्न सहयोग गरेको हो । उक्त परियोजनाका लागि एनओसीले सोलिडारिटी कार्यक्रमअन्तर्गत पहिलो चरणमा १५ हजार अमेरिकी डलर प्राप्त गरेको छ ।

खेलकूदको इतिहासमा अभिलेखीकृत गरी नयाँ पुस्तालाई हस्तान्तरण गर्न परियोजना सञ्चालन गरिएको अध्यक्ष श्रेष्ठले उल्लेख गरे । एनओसी र नेपाल ओलम्पिक सङ्ग्रहालयको सहकार्यमा नेपाली खेलकूदको डिजिटल अभिलेख प्रोजेक्ट २०२०/२०२१ शुरु भएको हो ।

सो कार्यक्रमका लागि नेपाल ओलम्पिक कमिटी र ओलम्पिक सङ्ग्रहालयबीच गत मार्चमा सम्झौता भएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …