तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

प्रेम खनाल

भ्यागुता र सर्पको मित्रता

कुनै कुवामा गंगादत्त नाम भएको भ्यागुताको राजा थियो। एक पटक आफ्ना बन्धुहरुसंग रिसाएर ऊ कुवाबाट पानी निकाल्नको लागि झुण्याइएको रस्सीको सहाराबाट बाहिर निस्क्यो । उसले सोच्यो म यी मेरो विरोध गर्ने मेरा बन्धुहरुको अपकार कसरी गरूँ ? नीतिमा भनेको पनि छ-

आपदि येना$पकृतं येन च हसितं दशासु विषमासु।

अपकृत्य तयोरुभयो: पुनरपि जातं मन्ये।।

जसले आपत्तिमा अपकार गरेकोछ र जो विषम दशामा हांँसेको छ ती दुइटाको अपकार गर्नेवालालाई म फेरि जन्मेको मान्छु। यस्तो विचार गरिरहेको बेला त्यसले बिल(प्वाल )मा घुसीरहेको यौटा कालो सर्पलाई देख्यो।त्यसलाई देखेर विचार गर्यो कि यसलाई त्यस कुवामा लगेर आफ्नो विरोध गर्ने सबै सगोत्रीहरुलाई नाशी दिउंँ ।भनेको पनि छ-

शत्रुर्भियोजयेच्छत्रुं वलिना वलवत्तरम्।

स्वकार्याय यतो नस्यात् काचित् पीडा$$त्र तच्क्षये।।

अर्थात् शत्रुसंँग शत्रुलाई भिडाइ देओस्,बलवानसंग बलवानलाई नै लगाओस, किन कि उनीहरुको नाशले आंँफूलाई कुनै पीडा हुंँदैन।

शत्रुमुन्मूलयेत् प्राज्ञस्तीक्ष्णं तीक्ष्णेन शत्रुणा।

व्यथाकारं सुखार्थाय कण्टके नैव कण्टकम्।।

अर्थात् वुद्धिमानले तीक्ष्ण शत्रुलाई तीक्ष्ण शत्रुद्वारा नै नष्ट गराओस्।दु:ख दिएको कांँडोलाई निकालेर सुख दिने काम कांँडोले नै गर्छ।

यस्तो विचार गरेर प्वालका मुखमा गएर त्यसलाई बोलाउंँदै भ्यागुताले भन्यो – “आऊ आऊ प्रियदर्शन आऊ!” यो सुनेर सर्पले सोच्यो”जो मलाई बोलाइ रहेछ त्यो मेरो जातीको होइन।किन कि यो सर्पको वांँणी होइन,मर्त्यलोकमा मेरो कसैसंँग मित्रता पनि छैन।यसर्थ यही दुर्ग(मेरो सुरक्षीत किल्ला) मा बसेर यो जान्दछु कि यो कुन हो ? भनेको पनि छ-

न यस्य ज्ञायते शीलं न कुलं न च संश्रय:।

न तस्य संगतिं कुर्यादित्युवाच वृहस्पति:।।

जसको कुल,शील र आश्रय जानिदैन त्यसको संगत नगरोस् यो कुरा बृहस्पतिले भनेका छन्:

कदाचित् कुनै मन्त्र तथा ओखतीमा कुनै कुशल व्यक्तिले मलाइ वोलाएर बन्धनमा पार्न खोजेको होला अथवा मलाइ खानको लागि कसैले षडयन्त्र गरी वोलाएको पनि हुन सक्छ यस पछि उसले भन्यो”तपाइ को हुनु हुन्छ ?उसले भन्यो म गंगादत्त नामको भ्यागुतो हूँ।” यो सुनेर सर्पले भन्यो यो वचन श्रद्धायोग्य छैन।यो त तृण र अग्निको समागम हो। भनेको पनिछ-

यो यस्य जायते वध्य: स स्वप्ने$पि कथञ्चन।

न तत्समीपमभ्येति तत्किमेवं प्रजल्पसि।।

जो जसको बध्य छ त्यो स्वप्नमा पनि ऊ कहिल्यै पनि उसका समीपमा आउंँदैन। तब तंँ यो वकवास किन गर्छस् ?

गंगा दत्तले भन्यो “दाजु ! तपाईँको वचन सत्य हो ,तपाईँ मेरो स्वभाविक वैरी हुनुहुन्छ। परन्तु शत्रुहरुबाट तिरस्कृत भएर म तपाईँसंँग आएको हूंँ।भनेको पनि छ-

सर्वनाशे च संजाते प्राणानामपि संशये।

अपि शत्रुं प्राणम्या$पि रक्षेत प्राणान् धनानि च।।

सर्वनाश र प्राणसंशय उत्पन्न भयो भने शत्रुलाइ पनि प्रणाम गरेर आफ्नो प्राण र धनको रक्षा गरोस्।

सर्पले भन्यो- “भन कसबाट तेरो अपमान भएको छ ? फेरि उसले भन्यो तेरो घर कहांँ हो ? वापि ,कुवा तलाउ वा कुनै सरोवरमा ?” भ्यागुताले भन्यो- पत्थरका टुक्राहरुले बनेको कुवामा” सर्पले भन्यो “मेरो खुट्टा छैन तसर्थ म त्यहांँ पुग्न सक्दिन।त्यहांँ म बस्ने कुनै ठाउंँ पनि छैन,जहांँ रहेर म तेरा वान्धवहरुलाई मारूँला।अतएव तंँ जा “भनेको पनि छ-

यच्छक्यं ग्रसितुं शस्तं ग्रस्तं परिणमेच्च यत्।

हितं च परिणामे यत् तदाद्यं भूतिमिच्छता।।

खान सकिने राम्रो,खाएर पच्ने र पचेर पनि हितकर हुने वस्तु नै आफ्नो कल्याण चाहनेहरुले खानु पर्छ।

गंगादत्तले भन्यो”तपाईँ आउनुहोस् ! म सुखसाध्य उपायद्वारा त्यहांँ तपाईँको प्रवेश गराउनेछु।त्यहांँ जलका नजिकै यौटा टोड्का छ त्यहांँ बसेर तपाईँ अनयास मसंग शत्रुता गर्ने मेरा वान्धवहरुलाई खानुहोला” भ्यागुताका यस्ता कुरा सुनेर सर्पले सोच्यो”मेरो पनि वृद्धावस्था हुन लाग्यो।यहांँ कहिलेकांँही मात्र यौटा मुसो पाइन्छ। यो कुलाङ्गार(कुलघाती)ले सुखदायक जीवनको उपाय भनेको छ,यसर्थ गएर ती भ्यागुतालाई खानेछु। के जाने मेरा भाग्यले यस कुलाङ्गारलाई यहांँ ल्याएको पो हो कि अथवा ठीकै नै भनेकोछ-

यो हि प्राणपरीक्षीण: सहायपरिवर्जित:।

स हि सर्वसुखोपायं वृत्तिमाचरयेत् वुध:।।

प्राणहरुले परीक्षीण र असहाय भएको बुद्धिमानले सवै सुख दिने वृत्तिको आयोजना गर्नु पर्छ।

यस्तो विचार गरेर उससंगभन्यो- ” गंगादत्त ! यसो हो भने अघि बढ, जसवाट हामी दुवै छिट्टो त्यहांँ पुगौं !” गंगादत्तले भन्यो-” प्रियदर्शन ! म तपाइलाइ सुखपूर्वक त्यहांँ लैजान्छु र ठाउंँ पनि देखाइ दिन्छु।परन्तु मेरा परिवार र इष्टमित्रको रक्षा गर्नु। जसलाइ म देखाउँछु उनैलाइ मात्रै खानु” सर्पले भन्यो “अव तिमी मेरा मित्र भयौ। यसर्थ नडराउ ! 

तिम्रो भनाइ अनुसार नै म तिम्रा गोत्रियारशत्रुहरुलाइ मात्रै खाउंँला।” भन्दै सर्प वीलवाट निस्क्यो र त्यसको आंलिंगन गरेर उसंगै हिंड्यो। यद्यपि उसले त्यहीं भ्यागुतालाइ आहारा वनाउन सक्थ्यो तर उसले त्यसो गरेन उसले दूरगामी सोच राखेर धेरै भ्यागुताहरु खान उससंगै अंगालो मारेर गयो। कुवाको नजिक पुगेर कुवामा लटकाइएको पानी तान्ने रस्सीको सहारा लिएर ती दुवै कुवामा झरे। 

त्यहां पुगेर गंगादत्तले सर्पवस्ने प्वाल देखाएर त्यै वीलमा वसाल्यो र कुवाका उसका शत्रुभ्यागुताहरुलाइ र आफन्त भ्यागुताहरुलाइ पनि देखाएर भन्यो हेर मित्र !”यस ठाउं देखि उताका भ्यागुताहरु शत्रु पक्षका हुन् तीनलाई आराम संग खानु त्यहांदेखि एताका मेरा भाइवन्धु परिवार हुन् तीनलाइ नखानु भनेर चिनाइ दियो र आंफु आफ्ना परिवारका साथ गएर वस्यो। विस्तारै त्यो कालो सर्पले उसले देखाएका जतिलाइ खाएर सक्यो।कुवामा उसका आफन्तहरु वाहेक अरु भ्यागुताहरु सकिए पछि सर्पले भन्यो- ” भद्र ! तिम्रा शत्रुभनेका वन्धुहरु सकिए,तसर्थ मलाइ अरुकेही भोजन देऊ, किनकि तिमीले मलाइ यहां ल्याएका हौ।” गंगा दत्तले भन्यो – “मित्र! तपाइंले मित्रको काम पुरा गरिदिनु भयो।

अब तपाइं यही रस्सीको सहारा लिएर जानुहोस्।” अनि सर्पले भन्यो” गंगादत्त ! तिमीले ठीक भनेनौ। म त्यहांँ किन जाउंँ ? मेरो हाम्रो जातिमा कसैको पनि आफ्नो घर हुंँदैन जसरी हाम्रो जातिले अरुको घर अतिक्मण गरेर वस्ने र त्यै घरका सदस्यहरुलाइ मारेर खाने र त्यहांवाट अर्को घरमा पस्ने हो तिमीलाइ सर्पको आफ्नो घर हुंदैन भन्ने कुरा थहा छैन ? पैले म जुन दुलोमा वसेको थिएं त्यो दुलो मेरो हैन त्यो मुसाहरुको थियो मैले जसरीओगटेर वसेको थिएंँ त्यसरी नै कसैले ओगटेर वसीसकेको होला।

त्यस कारण म यहीं वस्छु तिमीले मलाइ दिनको एक एक वटा तिम्रा परिवारका सदस्यहरु मध्येवाट आहारा देउ होइन भने सवैलाइ खाइदिन्छु।” त्यो सुनेर गंगादत्त व्याकुल मनले सोच्न लाग्यो”ओहो! सर्पलाइ मैले यहांँ ल्याएर के गरें !यसलाई रोकौं भने यसले सवै खान्छ। अथवा ठिकै भनेकोछ-

यो$मित्रं कुरुते मित्रं वीर्याभ्यादिकमात्मन:।

स करोति न सनदेह: स्वयं हि विषभक्षणम्।।

अर्थात् जो आफ्नो स्वभाविक वैरी छ ,आंफु भन्दा शक्तिशालीछ त्यस्तो शत्रुलाइ मित्र वनाउंछु भन्नु स्वयं आंफुले विषपान गर्नुहो। तसर्थ यसलाइ प्रति दिन एक एक कुटुम्वीलाइ दिन्छु के गर्ने आफैले यस्तो कुकर्म गरें। भनेको पनि छ-

सर्वस्व हरणे युक्तं शत्रुं बुद्धि युता नरा:।

तोषयन्त्यल्पदानेन वाडवं सागरो यथा।।

बुद्धिमानले सर्वस्व हरण गर्न उद्यत शत्रुलाइ थोरै थोरै दान दिएर भए पनि सन्तुष्ट गर्नु पर्छ। जसरी समुन्द्रले वडवानललाइ थोरै थोरै जल दिइ रहन्छ।भ्यागुताले अगाडी फेरि भन्छ-

सर्वनाशे समुत्पन्ने अर्द्धं त्यजति पण्डित:।

अर्द्धेन कुरुते कार्यं सर्वनाशो$स्तिदुस्तर:।।

सर्वनाशको समय उपस्थित हुंदा पण्डितले आधा त्याग गर्छन्। किन भने सर्वनाश निकै दुखदायी हुन्छ।

यस्तो विचार गरेर गंगादत्तले नित्य एक एक भ्यागुता दिन थाल्यो।त्यस सर्पले त्यसलाइ खाएर पिठ्यू पछाडी अरु पनि चोरेर खाइ दिन्थ्यो। अथवा ठिकै भनेकोछ-

यथा हि मलिनैर्वस्त्रैयत्र तत्रोपविश्यते।

एवं चलितवित्तस्त वित्तशेषं नरक्षति।।

जसरी मलिनवस्त्रधारी मनुष्य जहां तहां वस्दछ त्यसरीनै निर्धन भए पछि प्राणीले शेष धनको पनि रक्षा गर्नसक्दैन अर्थात् बन्धुहीन भए पछि आंफैलाइ पनि वचाउन सक्दैन।

तव एक दिन अरुभ्यागुता खाएर सर्पले गंगादत्तको पुत्र यमुना दत्तलाइ पनि खायो। त्यसलाइ खाएको जानेर गंगादत्तले ठूलो स्वर गरेर छाती पिटी पिटी रुन लाग्यो र आंफुलाइ धिक्कार्न थाल्यो ,कसै गरी पनि उ शान्त हुन सकेन। गंगादत्तको लागि यो कुनै दैवी विपद् थिएन यो त उसैको दुर्बुद्धिले निम्त्याएको समस्या थियो। त्यसैले पनि उसलाइ पश्चातापको आगोले पोलेर ऊ शान्त हुन सकेन। अनि उसकी श्रीमतीले उसलाइ भनी-

किं क्रन्दसि दुराक्रन्द?स्वपक्षक्षयकारक।

स्वपक्षस्य क्षये जाते को न स्त्राता भविष्यति।।

ओ व्यर्थ रोदन गर्ने लठ्ठू ! तंँ किन रुन्छस् ? आफ्ना पक्षका आफन्तहरुको क्षयकारक ! आफ्ना पक्षका सवै बन्धुवानधवहरुको क्षय भएपछि अव हामीलाइ कसले वचाउंँन आउंँछ र रोएको छस् हे मूर्ख ! त्यस कारण सक्छस् भने तं यहांवाट कुनै उपाय लगाएर निस्केर वाहिर जा र त्यो भन्दा ठूलोको आड लिएर यसको प्राण लिने कोशिष गर भनेर उसलाइ संझाइ। गंगादत्तले भन्यो प्रिये !तिमीलाइ यो कालको मुखमा छोडेर म कसरी जाऊंँ भन्दै थियो यत्तिकैमा सर्प आएर उसकी स्वास्नीलाई पनि क्वाप्पै निल्यो। 

अव त्यस कुवामा केवल यौटा गंगादत्त भ्यागुता र प्रियदर्शन नाम गरेको सर्प मात्रै बाँकी रहे। तब फेरि प्रियदर्शनले भन्यो- “गंगादत्त ! भोकै छु सवै भ्यागुता खाइ सकें मलाइ भोजन देऊ किनभने तिमीले नै मलाई यहांँ ल्याएका हौ” भ्यगुताले सोच्यो अब यो दुष्टसंग घेरै कुरा गर्यो भने यसले मलाइ पनि खान्छ यस्तो अवास्थामा वुद्धिमानले के गर्नु पर्छ नीतिले के भन्छ ? भनेर विचार गरेर सोच्यो र मनमनै भन्यो-

आपदर्थे धनं रक्षेत् पुत्रान्रक्षेत् धनैरपि।

आत्मानां शततं रक्षेत् दारैरपि धनैरपि।।

अर्थात् आपत्ति काललको लागि धनको रक्षा गर्नु, परिवारका सदस्यहरुमा आपत्ति पर्दा धनलाई छाडेर उनको रक्षा गर्नु र आंँफ्नै प्राण शंकटमा पर्दा सवैलाई छाडेर आफ्नो प्राणको रक्षा गर्नु । भनेको हुनाले कुनै उपाय लगाएर यसको चंगुलवाट भाग्नु पर्छ नत्र मेरो प्राण पनि यसले लिन्छ भनेर भ्यागुताले भन्यो” मित्र ! यस विषयमा म छंँदाछंँदै तपाइंलाइ केको चिन्ता ? यसर्थ तपाइंले मलाइ यहांँवाट निस्कन दिनुहोस् म अरु कुवामा गएर त्यहांँका भ्यागुताहरुलाइ विश्वास दिलाएर लिएर आउंँछु।” अनि सर्पले भन्यो- ” गंगादत्त ! तिमी त मेरो भाइ समान छौ र मित्र पनि हौ त्यसैले अबध्य छौ,तैपनि अझ विश्वास दिलाउन तिमीले पनि धर्मलाइ भाकल (देवतासंझेर) जाउ र छिट्टो तिमीले भने जस्तैगरी धेरै भ्यागुता लिएर आउनु” भनेर छाडिदियो। गंगादत्त झटपट त्यै डोरीको सहायता वाट वाहिर निष्केर लामो सास लियो र त्यहांँवाट अर्को कुवामा गएर शरण लिएर बस्यो।

यता सर्पले धेरै दिनसम्म उसको वाटो हेरेर बस्यो भोकले व्याकुल भएर त्यसै कुवाको अर्को प्वालमा वसेको गोहोरोलाइ वोलाएर भन्यो” भद्र ! तिमीले मलाइ थोरै सहयोग गर किनकि गंगादत्तलाइ तिमीले धेरै दिन पहिले देखि जान्दछौ तसर्थ त्यो कुनै सरोवरमा (तलाउमा होला)त्यसलाइ खोजेर यो मेरो सन्देश भनि देउ कि यदि अरु भ्यागुता आउंदैनन् भने पनि तिमी तुरुन्त आउनु।म तिमी विना यहां रहन सक्दिन।यदि तिमीसंग मैले कुनै विरुद्ध आचरण गरें भने मैले आफ्ना र तिम्रा वीचमा जुन पुन्यको फल लगाएको छु त्यो नाश भैजाला।

गोहोरो पनि उसको अनुरोधलाइ स्वीकार गरेर कुवावाट निस्केर गंगादत्तलाइ खोज्दै जांदा अल्ली परको यौटा पोखरीमा भेटियो र उसले भ्यागुतोलाइ भन्यो”गंगादत्त ! त्यो तिम्रो मित्र प्रियदर्शन तिम्रो वाटो हेरेर वसेको छ यसर्थ तिमी उसलाइ भेटन छिटो हिंड कदाचित् शंका हुन्छ भने तिम्रा विरुद्धमा कुनै विरुद्ध आचरण गरेमा उसले आफ्नो पुण्यको फल वाजी लगाएको छ त्यसकारण अव निशंक मनले त्यहां हिंड” भन्यो। त्यसको प्रत्युत्तरमा गंगादत्तले भन्यो-

वुभुक्षित:किं नकरोति पापं,

क्षीणाजना निष्करुणा भवन्ति:।

आख्या हि भद्रे? प्रियदर्शनैस्य,

न गंगादत्त: पुनरेति कुपम्।।

भोकले व्याकुल भएको मनुष्यले कुन पाप गर्दैन ? अथवा काम क्रोध र विषय वासना र अनेकन तृष्णाहरुले क्षीण भएको कुन व्यक्ति दयावान् हुन्छ ? अर्थात् त्यस्ता व्यक्ति निर्दयी हुन्छन त्यस्ताको विश्वास गर्ने कैयो व्यक्तिहरुले आफ्नो र आफ्नाको सर्वनाश गरेर म जस्तै जोगी वनेका कैयौं मूर्खहरु छन् ।मैले उसलाइ चिने प्रियदर्शनलाइ भनि दिनु गंगादत्त अव फेरि त्यस कुवामा फर्कदैन।

नीतिवान चाणक्यले पनि भनेका छन् कि

दुराचारी दुरादृष्टि:दुरावासी च दुर्जन:।

यन्मैत्री क्रियते पुंसां सतु शीघ्रं विनश्यति।।

अथवा

आत्मवर्गं परित्यज्य परवर्गं समाश्रयात्।

स्वयमेव लयं याति यथा राज्य मधर्मत:।।

अर्थात् जसको आचरण खराव छ,जसको दृष्टि पापमा रहेकोछ,जो नराम्रो संथानमा(दुष्टजनहरुको)साथमा वसेकोछ र जो दुर्जन छ त्यस्ता मानिसहरुसंग जो मित्रता गर्छन् ती उसैद्वारा नष्ट भएर जान्छन्।अर्का थरी जसले आफ्ना वर्गका मानिसहरुलाइ छोडेर जसको आचरण,वंश वा कुल व्यवहार जानेको छैन त्यस्ताअपरिचित व्यक्तिको आश्रय लिएर हिड्छ त्यो पनि स्वयं चांडै नष्ट भएर जान्छ जस्तै राज्यमा वढेको पापले राज्य नष्ट हुन्छ।” भनेर गंगादत्त पानी भित्र पस्यो।

( यो सर्प र भ्यागुताको कथा पंचतन्त्रमा लेखिएको प्राचीन कथाहो)विषय वा प्रसंगले कुनै घटना वा पात्रसंग मेल खान गएमा संयोग मात्र हुनेछ।) जयश्री कृष्ण राधे !

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …