काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नकारात्मकभन्दा समाजलाई प्रेरित गर्ने खालका समाचार सम्प्रेषणमा सञ्चार माध्यमले ध्यान दिनुपर्ने बताउनुभएको छ ।
सरकारका प्रवक्तासमेत रहनु भएका मन्त्री गुरुङले सधैँ विरोध, आलोचना र नकारात्मक सन्देश फैलाउने खालका समाचारले सभ्य र समृद्ध समाज निर्माणमा अवरोध ल्याउने चर्चा गर्नुभयो ।
दोलखाली पत्रकारसँग बुधबार आयोजित भेटमा मन्त्री गुरुङले भन्नुभयो, “तथ्यहीन समाचारले समाजलाई विग्रहको बाटोतर्फ समेत लैजाने खतरा रहन्छ ।
त्यसतर्फ सञ्चारमाध्यम सचेत हुनुपर्छ ।” मन्त्री गुरुङसँग नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीको नेतृत्वमा दोलखाली पत्रकार समूूहले भेटघाट गरेको जानकारी मन्त्री गुरुङका प्रेस संयोजक सन्तोष खड्काले दिनुुभयो ।
मन्त्री गुरुङले सञ्चार क्षेत्रलाई मर्यादित र जिम्मेवार बनाउने गरी सञ्चार नीति ल्याउने सोच मन्त्रालयले अघि सारेको चर्चा गर्नुहुँदै त्यसका लागि सुझाव दिन पनि सम्बद्ध सबै पक्षलाई आह्वान गर्नुभयो । उहाँले इन्टरनेट सेवालाई सर्वसुलभ, गुणस्तरीय र सबैको पहुँचमा पु¥याउने कामलाई सरकारले उच्च प्राथमिकता दिएको छ भन्नुुभयो ।
फेसबुक, ट्विटर, भाइबर लगायतका सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउने योजनासमेत रहेको जानकारी उहाँले दिनुभयो । भेटमा पत्रकारले कोभिड–१९ बाट प्रभावित श्रमजीवी पत्रकारलाई उचित राहतको व्यवस्था गर्न मन्त्री गुरुङसँग माग गर्नुभएको थियो । गोरखापत्र दैनिकमा खबर छ ।
काठमाडौँ। आधिकारिकताको विवाद चुलिएको नेकपामा दलको विधानसमेत दुई थरी रहेको पाइएको छ । पार्टी एकीकरणका क्रममा आयोगमा एउटा विधान बुझाइएको थियो । उक्त विधान गत …
काठमाडौँ। उपत्यकामा माघ पहिलो सातादेखि भौतिक रूपमै विद्यालय सञ्चालनमा आउने भएका छन् । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण कम हुँदै गएको तथा सरकारले समेत चालू शैक्षिक …
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सूर्य चिह्न चाहिए पार्टीको बैठकमा सहभागी हुन प्रचण्ड–नेपाल समूहलाई आग्रह गर्नुभएको छ । पार्टीले अझै पनि …
काठमाडौँ। ५६ वर्षीया रैबियादेवी सदायले ओछ्यान भएको ठाउँमा साडीले बार लगाएकी छन्। दाउराको ‘मचान’ बनाएकी छन्। त्यसमै पराल ओछ्याएर सुत्छिन्। चिसोका बेला जिउ ढाकेर सुत्ने …