तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई मधेस दु्रतमार्ग निर्माणको कामले गति लिएको भन्दै निर्धारित समयसीमाभित्रै निर्माण सकिने बताएको छ । एसियाली राजमार्ग डिजाइन मापदण्ड १९९३ अनुसार निर्माण हुने राष्ट्रिय गौरवको सो आयोजनाको निर्माणको गति बढेको भन्दै सेनाले समयसीमाभित्रै निर्माण कार्य सकिने सम्भावना रहेको बताएको हो ।

‘एसियाली राजमार्ग डिजाइन मापदण्ड १९९३ अनुसार निर्माण हुने राष्ट्रिय गौरवको यो आयोजनाले विभिन्न व्यवधानका बाबजुद हाल आएर गति पकडेको छ, जसबाट यसको समयसीमाभित्र निर्माण सम्पन्न हुने सम्भावनामा गुणात्मक वृद्धि भएको छ,’ सेनाले सोमबार विज्ञप्ति जारी गर्दै भनेको छ ।

७२ दशमलव ५ किलोमिटर लामो दुरी रहने सो आयोजनाको बाग्मती प्रदेश र प्रदेश २ का गरी चारवटा जिल्ला ललितपुर, काठमाडौं, मकवानपुर र बारा हुँदै निजगढलाई अन्तिम बिन्दुका रूपमा प्रस्ताव गरिएको छ ।

सेनाले लामो समयसम्म डीपीआर उपलब्ध नहुनु र उपलब्ध भइसकेपछि पनि स्वीकृति हुन नसक्नु तथा अन्तर्राष्ट्रिय परामर्शदाताको छनोटमा हुन गएको ढिलाइ तथा कोभिड–१९ का कारण केही समय आशातीत गतिमा निर्माण कार्य अघि बढ्न नसकेको भने स्वीकार गरेको छ ।

हाल भने अन्तर्राष्ट्रिय परामर्शदाता र सम्बद्ध टिमको आगमन एवं जटिल पाटोका रूपमा रहेको सुरुङ मार्गका लागि कम्पनीहरूको सटिङका लागि मूल्यांकन कार्य भइरहेको सेनाले बताएको छ ।

हालसम्म १६ दशमलव २१ प्रतिशत कार्य प्रगति

२१ वैशाख २०७४ को मन्त्रिपरिषद्को निर्णयबाट सरकारले सो आयोजनाको व्यवस्थापनको जिम्मेवारी सेनालाई दिने निणर््ाय लिएको थियो । यस्तै, १ भदौ २०७६ मा सो आयोजनाको डीपीआर स्वीकृत गरिएको थियो । सो डीपीआरअनुसार आयोजनाको अनुमानित लागत १ सय ७५ अर्ब रहेको र दु्रतमार्ग आयोजनाको निर्माण आर्थिक वर्ष २०८०÷८१ मा सम्पन्न गर्ने गरी काम भइरहेको सेनाले बताएको हो ।

हालसम्मको समष्टिगत कार्य प्रगति
सो आयोजना हाल छैटांै चरणमा चलिरहेको छ । हालसम्म आयोजनाको वार्षिक प्रगति भौतिकतर्फ ४२ दशमलव ८५ प्रतिशत र वित्तीयतर्फ ४२ दशमलव ८० प्रतिशत रहेको सेनाले जनाएको छ ।

यसैगरी, समष्टिगत प्रगति भौतिकतर्फ १६ दशमलव २१ प्रतिशत तथा वित्तीयतर्फ ९ दशमलव ५२ प्रतिशत रहेको छ । आयोजनाको वित्तीय प्रगति विवरणअनुसार हालसम्मको कुल वित्तीय खर्च १६ अर्ब ६६ करोड रहेको सेनाले भनेको छ ।

संरचनागत कार्य प्रगति
आयोजनाको कुल लम्बाइ ७२ दशमलव ५ किमिमध्ये ३ वटा सुरुङ मार्गको जम्मा लम्बाइ ६ दशमलव ४१ किमि, विभिन्न पुलहरूको लम्बाइ १० दशमलव ५९ किमि र ढुंगामाटोको कट फिल गर्नुपर्ने सडक खण्डको लम्बाइ ५५ दशमलव ५ किमि रहेको छ । जसअन्तर्गत आयोजनाको ४४ दशमलव १ किमि सडकखण्डको सबग्रेड लेभलसम्म तयार गर्न समष्टिगत माटो काट्ने र पुर्ने कार्यहरू हालसम्म ८८ प्रतिशत सम्पन्न भएको सेनाले जनाएको छ ।

२०७७ कात्तिकसम्म सो आयोजनाको कुल कार्य अंशको थप ५ दशमलव १० प्रतिशत काम सम्पन्न भई आयोजनाको कुल कार्यको १६ दशमलव २१ प्रतिशत प्रगति हासिल भएको सेनाले जनाएको हो ।

यसैगरी, सुरुङ खण्ड निर्माण गर्न परामर्शदाता छनोट भई एक चरणको काम सकाएर रिपोर्ट तयार गर्ने काम भइरहेको र महादेवटार, धेद्रे र लेनडाँडाबाट गरी कुल १८ गोटा बोर होल्स ड्रिलिङ गर्ने कार्य अन्तिम चरणमा रहेको तथा ड्रिलिङ गरिएका स्थानको नमुना परीक्षण गर्ने काम भइरहेको छ ।

यस्तै, सुरुङ मार्ग निर्माण कार्यका लागि सक्षम अन्तर्राष्ट्रिय निर्माण व्यवसायी छनोट गर्न हाल मूल्यांकनको कार्य भइरहेको छ । मूल्यांकनको कार्य यही मंसिर मसान्तसम्म सम्पन्न गरी थप काम गरिने सेनाले बताएको छ । कार्यतालिकाअनुसार चैतसम्ममा सम्झौता सम्पन्न भई सुरुङ मार्गको कार्य सुरु गर्ने लक्ष्य सेनाको छ ।

यसैगरी, पुल निर्माण, बेलिब्रिज निर्माण कार्यलगायतका लागि समेत आवश्यक प्रक्रिया अघि बढाइएको छ भने सुरुङ एवं पुल निर्माणलगायतका कार्यमा सहजताका लागि पहुँच मार्ग निर्माण गर्ने कार्यसमेत भइरहेको छ ।

आर्थिक वर्ष २०७७-७८ को वार्षिक कार्यक्रम तथा कार्यान्वयन कार्ययोजनाअन्तर्गत चालु आर्थिक वर्ष २०७७÷७८ को पुँजीगततर्फ ८ अर्ब ८४ करोड र चालुतर्फ ९ करोड ८४ लाख गरी जम्मा ८ अर्ब ९३ करोड ८८ लाख बजेट विनियोजन भएको सेनाले जनाएको छ ।

सरकारद्वारा निर्दिष्ट भएअनुरूप नेपाली सेना राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको सो दु्रतमार्ग सडक आयोजना सफलतापूर्वक सम्पन्न गर्न कटिबद्ध रहेको सेनाले भनेको छ ।राजधानी दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …