तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

एजेन्सी – रोमानियाको कोभिड–१९ (काेराेना भाइरस) अस्पतालमा आगो लाग्दा कम्तीमा १० जनाको मृत्युु भएको छ । आगलागीमा अरू केही जना जलेर घाइते भएका छन् ।

रोमानियाको उत्तर–पूर्वी सहर पिएत्रा निभएमतामा रहेको कोरोना सङ्क्रमितको उपचार भइरहेको अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा आगो लागेको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार बिरामीको उद्धारमा जुटेका एक जना डाक्टर जलेर गम्भीर घाइते भएका छन् । घाइते डाक्टरलाई उद्धार गरी सेनाको विमानमार्फत उपचारका लागि बुकारेस्ट लगिएको छ ।

आगलागीमा अरू केही स्वास्थ्यकर्मी पनि जलेर घाइते भएकाे त्यहाँका स्वास्थ्यमन्त्री निलु तातारुले बताउनुभएको छ । बिजुली शर्ट हुँदा आगो लागेको हुन सक्ने अनुमान गरिएको छ ।

रोमानियामा अहिलेसम्म साढे तीन लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने आठ हजार आठ सयभन्दा धेरैको ज्यान गएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …