तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

न्युयोर्क, अमेरिका । गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको कार्यालय आज शनिवार नोभेम्बर १४ बेलुका ४ बजे विधिवत् उद्घाटन भएको छ।

महम्मद रहमन-डिस्ट्रीक एटोर्नी क्वीन्स काउन्टीका समुदाय संयोजकले रिबन काटेर कार्यालय उद्घाटन गर्दै क्वीन्स डिस्ट्रीक एटोर्नी मेलिन्दा काट्जले पठाउनु भएको शुभकामना सन्देश पनि पढेर सुनाउनु भएको थियो।

उद्घाटन कार्यक्रममा विशिष्ट व्यक्तित्वहरु जसले समाज प्रति समर्पित भएर गरेको कार्यको उच्च मुल्यांकन गर्दै न्युयोर्क सिटी र न्युयोर्क राज्य बाट आएको ३५ वटा सम्मानपत्र पनि वितरण गरिएको थियो। 

न्युयोर्क सिटी र न्युयोर्क राज्य बाट सम्मानित हुनेहरुमा क्रमशः फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरे, उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य तथा समुदाय सम्बन्ध निर्देशक छिरिङ राप्के लामा, केन्द्रीय सदस्यहरु राम चन्द्र अधिकारी, सूर्य सिंखडा, फुर्वा शेर्पा र प्रेम पौडेल, केन्द्रीय सदस्य एंव महिला संयोजक सुश्री दावा शेर्पा, शेर्पा किदुग अमेरिकाका उपाध्यक्ष फुर्वा शेर्पा, कोषाध्यक्ष श्रीमती छिरिङ शेर्पा, समाजसेवीहरु क्रमशः दावा शर्पा, सोनम गेल्बु शेर्पा, पल्जुर शेर्पा, प्रवासी मन्च अमेरिकाका अध्यक्ष टेक गुरुङ, फिप्ना का अध्यक्ष लोक चेम्जोङ, फिप्ना संघिय परिषदका सभामुख राज कुमार बिष्ट, मगर संघ अमेरिकाका अध्यक्ष कुलदीप राना मगर, युनाईटेड किरात राई ओर्गनाईजेसन अमेरिकाकी अध्यक्ष मुना राई , फिप्नाकी उपाध्यक्ष गोमा योन्जन गुरुङ, एन आर एन अभियन्ता द्वय बिष्णु राना मगर र मिलन कुमार शाही, नेजससअ की केन्द्रीय सदस्य कमला पन्त, ने.का. युवा नेता एंव समाजसेवीहरु क्रमशः प्रेम क्षेत्री, राजेश आचार्य, बिरेन्द्र मानन्धर, धुर्व कुँवर क्षेत्री र अनिल राज पाण्डेय, वरिष्ठ कलाकारहरु शंकर बि.सि., गिता राई र बसन्ती राई, महिला उद्यमी एंव समाजसेवी बिमला श्रेष्ठ हमाल, समाजसेवीहरु क्रमशः टंक खडका, सुकु रुमदाले राई, लाक्पा भोटीया शेर्पा, मेरिना पराजुलि, गुरुङ सोसाइटी अमेरिकाकी पुर्व उपाध्यक्ष सुश्री सिद्वार्थ गुरुङ र यसै संस्थाकी बोर्ड मेम्बर एलिसा गुरुङ, कलाकार एंव समाजसेवी द्वय पुष्कर बराल र मधु कुमार गिरि लगायत सम्मानित भएका छन् भने फाउण्डेशनको तेस्रो सम्मान कार्यक्रम पनि छिट्टै हुने फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले आगमनखबरलाई जानकारी दिनु भयो।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …