तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

न्युयोर्क, अमेरिका। न्युयोर्क शहरको ब्रुक्लीन बोरो प्रेसिडेन्ट ऐरिक अडाम्सले समाजप्रति क्रियासिल रहेर कोभिड–१९ को संक्रमणका बेला सक्रिय रुपमा खटिने १८६ जनालाई कोभिड-१९ हिरो अवार्डबाट सम्मान गरेको छ ।

नोभेम्बर १० मा प्रेसिडेन्ट अडाम्सले आफ्नै कार्यालय ब्रुक्लीन बोरो हलमा कार्यक्रमको आयोजना गरी Dr. Anthony Fauci- Director of NIAID (National Institute of Allergy & Infectious Diseases) समेतलाई Covid-19 HERO of Heroes award ले सम्मान गरेको हो ।

ब्रुक्लीन बोरो प्रेसिडेन्टले मुल्याकंन गर्दै गिरिजा प्रसाद कोइराला फाउण्डेसन अमेरिकाले कोरोना संक्रमणकालमा राहत वितरण तथा स्वास्थ्य सुरक्षा सामग्री वितरणमा सक्रिय रुपमा लागेका फाउण्डेसनका ९ जना सदस्य समेतलाई कोभिड-१९ हिरो अवार्ड सम्मान गरेको छ । 

कोभिड-१९ हिरो अवार्डबाट अध्यक्ष सोमनाथ घिमिरे, उपाध्यक्ष सुवर्ण लामा, केन्द्रिय सदस्य तथा समुदाय सम्बन्ध निर्देशक छिरिङ राप्के लामा, केन्द्रिय सदस्य द्वय सुर्य सिमखडा र विमल डाँगी समाजसेवि रेखा श्रेष्ठ, स्वयंसेवक द्वय कुजंन पौडेल र सत्नाम लाललाई  सम्मान गरेको फाउण्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले जानकारी दिए ।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले  ब्रुक्लीन बोरो प्रेसिडेन्ट ऐरिक अडाम्स लाई हार्द्विक धन्यवाद एंव आभार प्रकट गरेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …