तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

लिबियास्थित १ सय २० आप्रवासी यात्रुहरु बोकेको डुंगा भूमध्यसागरीय तटमा दुर्घटना हुँदा ७४ जनाको डुबेर मृत्यु भएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार बिहीबार यस्तो दुर्घटना भएको हो । डुंगामा महिला र बालबालिका समेत थिए । जहाँ ३१ जनाको शव सनाखत भइसकेको छ । पछिल्लो अक्टोबरदेखि भूमध्यसागरीय क्षेत्रमा डुंगा दुर्घटना भएको यो ठूलो घटना हो । राष्ट्रसंघका अनुसार यस वर्ष मात्रै भूमध्यसागरीय क्षेत्रमा यस्तै प्रकृतिका डुंगा दुर्घटनामा ९ सय जनाको मृत्यु भइसकेको छ ।

साथै ११ हजार मानिस युद्धग्रस्त क्षेत्र लिबियामा फर्किएका छन् । राष्ट्रसंघका अनुसार उनीहरुमाथि त्यहाँ मानवअधिकार हिंसा भएको छ ।
अफ्रिकी मुलुक र लिबिया र अन्य मध्यपूर्वी देशबाट पछिल्लो समय अवैध रुपमा यूरोपतिर छिर्ने क्रम बढ्दो छ । युद्धप्रभावित क्षेत्रबाट मानिसहरु यूरोप गइ शरणार्थीको रुपमा बसोबास गर्न समुद्री डुंगाको प्रयोग गर्ने गर्छन् । लिबिया भने २०११ मा शासक मोहाम्मर गद्दाफीको हत्यापछि द्वन्द्वमा फसेको छ । २०१४ यता मात्रै भूमध्यसागरीय क्षेत्रमा कम्तिमा २० हजार आप्रवासीहरुको यस्तै डुंगा दुर्घटनामा मृत्यु भइसकेको

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …