तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

क्वालालम्पुर।  मलेसियामा एक नेपाली युवाले युवतिमाथी  छुरा प्रहार गरि हत्या गरेका छन् ।

 मलेसियाको केलाङ शहरमा अवस्थित नेपाली रेस्टुरेन्टमा काम गर्ने एकजना नेपाली युवाले बुधवार साँझ  युवतीमाथि छुरा प्रहार गरि हत्या गरेको बताईएको छ । मृतक महिला दार्जिलिङ भारतको भएपनि उनको राहदानी भने नेपाली रहेको स्थानीय प्रहरीले जनाएको छ ।

रेस्टुरेन्टभित्र नै रक्सी सेवन गरेका ति युवाले भारत  सिक्किम घर भएकी नेपाली युवतिमाथी चक्कु प्रहार गरेर ज्यान लिएको जनाईएको छ्। युवतिको ज्यान जाने बेलासम्म पनि नशाले होस नपाएर अचेत अवस्थामा रहेको प्रत्यक्षदर्शीहरु बताउँछन 

स्थानिय प्रहरिका अनुसार  घटनाको बारेमा थप अनुसन्धान भईरहेको तथा मृतकको शवलाई  पोस्टमार्टममा लैजाने  तैयारी भईरहेको छ । 

घटनास्थलमा उपस्थिति प्रत्यक्षदर्शीका अनुसार  हत्या भएकि र हत्या गर्ने दुवैजना पुर्व प्रेमी-प्रेमिका भएको जनाईएको छ ।  

यस् घटनाबारे मलेसिया स्थित नेपाली दूतावासको जनसम्पर्क अधिकृत टेक बुढाले थप अनुसन्धान भईरहेको तथा दुतावासले सक्दो सहयोग गर्ने बताउनुभएको छ्।  

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …