तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

एकाबिहानै श्रीमान र श्रीमतिबिच झगडा भयो , श्रीमतिले रिसाउदै भनिन्: धेरै सहिसके , अब एक मिनेटपनी तिमी सँग बस्न सक्दिन.. ।

श्रीमान पनि रिसाइ रहेका थिए , उसले पनि भने: म पनि थाकी सके तिमिलाई झेल्दा झेल्दा… रिसै रिसमा श्रीमान अफिस गएँ , श्रीमतिले आफ्नो आमालाई  फ़ोन लगाइन र भनिन: बच्चाहरुलाई लिएर माइत आउदैछु.. यो नर्कमा बस्न सक्दिन…।

आमाले भनिन्: छोरी बुहारी बनेर ढुक्कसँग बस, तेरि ठुली दिदी पनि आफ्नो श्रीमान सँग झगडा गरेर आएकी थिइ , र यहीँ जिद्दीमा डिभोर्स लिएर बसेकि छ..।

अब तैले पनि त्यही नाटक गर्दैछेस , खबरदार यहाँ ज्वाइसँग झगडा गरेर माइतीघरमा पाइला टेकिसभने… । ज्वाइँ सँग के कुरामा झगडा भाको हो , त्यही सल्टाएर बस.. हाम्रा ज्वाइँसाभ तैले भनेको जस्तो खराब पनि हुनुहुन्न …।

आमाले माइतीघर नआउनको लागि रेड झण्डा देखाएपछि छोरिको होस् ठेगानमा आयो , उ जोडजोडले रुन थाली । रुँदारुँदै थाकेपछी मन हलुका भइसकेको थियो ,छोरिले श्रीमान’सँग झगडा पर्नुको मुख्य कारण सोच्न थाली धेरै जस्तो गल्तिहरु आफ्नो नै भेट्टाइ …।

हातमुख धुएर फ्रेस भएर भान्साकोठामा श्रीमानलाई मनपर्ने परिकार बनाउन सुरु गरिन…  र साथै स्पेसल खिर पनि बनाइन , सोच्न थालिन कि बेलुका श्रीमान सँग माफी माग्छु… आफ्नो घर आफ्नै हुन्छ… श्रीमान बेलुका अफिसबाट घर आएँ श्रीमतिले उसलाई राम्रोसँग स्वागत गरिन , जस्तो कि बिहान केहि भएकै छैन । श्रीमान श्रीमतीको व्यबहार देखेर चकित परे …

खाना खाइसकेपछी श्रीमान जब खिर खाइ रहेका थिए तब भने कि… प्रिय् कहिलेकाही म पनि अलिक बढी नै हुन्छु सानासाना कुरामा आबेशमा आइ हाल्छु … तिमिले मेरो गल्तिलाई मनमा नराख … मान्छे हुँ , रिस त उठिहाल्छ …

श्रीमानले श्रीमतिलाई धन्यवाद दिदैथिए , र श्रीमतिले मनैमनमा आफ्नो आमालाई धन्यवाद दिइरहेकी थिइन् , जसको शक्तिले उसको आफ्नो निर्णयलाई बदल्न बाध्य बनायो । नत्र भाबुक निर्णयले छोरिको घर भत्काउनमा मद्दत गर्नेथियो ।

यदि आमा बुबाले आफ्नो बिबाहित छोरिको हरेक राम्रो नराम्रो बैधानिक कुराहरूको सपोर्ट गर्नलाई बन्द गर्दिने हो भने सम्बन्धहरु बचाउछ्न ।

(साभार समाजीक सन्जालबाट )

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …