तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

नवराज रेग्मी

प्रिया र मन

यतिबेला
यो वासन्ती शोभाले
तिम्रो याद दिलाइरहेछ
मन त्यसै हिलाइरहेछ प्रिया
यी पल्लवी वनहरुका बीचमा
हाम्रा बैँसालु मनहरु उन्मुक्त रमाउँथे
तिमी मेरी र म तिम्रोजस्तै साटिन्थे सपनाहरु
अनि
रुखका हाँगामा हाम्रा गीतहरु टाढाटाढासम्म सुनिन्थे
दिलका हाम्रा प्रीतहरु दूरदूरसम्म गुन्जन्थे
त्यो मूलको पानी जस्ताको तस्तै छ
जसलाई अँजुलीभरि पारेर हामीले तिर्खा मेट्थ्यौँ
त्यो पीपलु छाया उस्ताको उस्तै छ
जसमा सियाँल तापेर पसिना पुछ्थ्यौं
तिम्रो अधरजस्तै मीठो पानी
तिम्रो मुस्कानजस्तै कमलो हावा
अझै तिम्रो प्रतीक्षामै छन् प्रिया
तिमी टाढा हुँदाको मेरो मनजस्तै
सँगै चिप्लेटी खेलेको सिम्ले भीर पनि उदास–उदास छ
तिमी के गर्दैछ्यौ त अहिले ?
अग्ला क्यामुनाका रुखहरु जसका हाँगामा हामी पिरती सुसेल्थ्यौँ
यतिखेर खोजिरहेछन् प्रिया तिम्रो अतुल स्पर्श
तिम्रा कलिला पदछापहरु साँचेर
यी उकाली–ओरालीहरु उक्लिरहेछन् ओर्लिरहेछन् उस्तै
तर
तिमी भने यतिबेला विदेशका चिल्ला सडकहरुमा
बदलिएको मन लिएर डुलिरहेकी हौली
डिस्को, बार र विलासमा भुलिरहेकी हौली
सायद तिम्रो यौवनको धूप बदलिए होला
तिम्रो स्वदेशी रुप फेरिए होला
के अझै छाउँछन् र आँखामा यी भिराला पाखाहरु ?
के अझै ब्युँझन्छन् र मनमा यी नीला वनहरु ?
त्यहाँ यी वनका गीतहरु सुनिँदैनन् होला
यी मनका प्रीतहरु बुनिँदैनन् होला
मलाई थाहा छैन प्रिया
तिम्रो शहरको कुरा
फेरिएको रहरको कुरा
तर अझै एउटा रहर छ
फेरि तिमीसँग यसरी नै वनका गीतहरु गाउने रहर छ
मनका प्रीतहरु लाउने रहर छ
त्यसैले, तन फेरे पनि मन नफेरे है प्रिया
भाषा फेरे पनि भाका नफेरे है प्रिया
किनकि मलाई फेरि तिमीलाई उस्तै रुपमा पाउने रहर छ ।

 नवीन आहत

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …