तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

एजेन्सी

कोरोना भाइरसले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ८७ हजार नाघेको छ।

कोरोना भाइरसको संक्रमणको खतरा गर्भवतीलाई समेत हुने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ। संगठनका अनुसार, गर्भवती महिलाले कोरोना भाइरसको संक्रमणबाट आफूलाई मात्र हैन गर्भमा रहेको शिशुलाई पनि जोखिम हुन्छ। त्यसकारण गर्भवती महिलाले विशेष ध्यान दिनुपर्ने हुन्छ।

नियमित रूपमा साबुनपानीले हात धुन, स्यानिटाइजरको प्रयोग गर्न, आँखा, मुख तथा नाकमा नछुन भनिएको छ। अन्य मानिसको सम्पर्कबाट टाढै रहने खोक्दा तथा हाच्छ्युँ गर्दा रुमालले मुख छोप्न अनुरोध गरिएको छ।

गर्भवती महिलालाई सल्लाह दिँदै संगठनले उच्च रुघाखोकी लागेका, ज्वरो आएमा तथा स्वास फेर्न गाह्रो भएमा तत्कालै अस्पताल गएर परीक्षण गराउनुपर्ने बताएको छ। कोरोना भाइरसको लक्षण देखिएमा करिब २ हप्ता ‘सेल्फ आइसोलेसन’मा बस्न संगठनले सुझाव दिएको छ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …