हेलम्बु गाउँपालिकाको पहलमा आज जन्मिएकी एक शिशुको श्वासप्रश्वासमा समस्या आएपछी हेलिकप्टरमार्फत उद्धार गरी काठमाण्डौ पठाइएको छ ।
हेलम्बु ७ मा रहेको इचोक बर्थिङ सेन्टरमा सुत्केरी भएकी महिलाको शिशुको फोक्सोले काम नगरेपछि थप उपचारका लागि कैलाश एयर को हेलीकप्टरमार्फत कान्ति बाल अस्पताल काठमाडौ पठाइएको हो ।
गाउँपालिकाले आफ्नै खर्चमा हेलिकप्टर मार्फत हेलम्बु गाउपालिका वडा नम्बर १ कि फुर्बा डोल्मा तामाङ्ले जन्माएको बच्चाले स्वास आफै फेर्न नसके पछि बालिकाको ज्यान बचाउन तत्काल हेलिकप्टर को व्यवस्था मिलाई थप उपचारका लागि काठमाडौ पठाइएको हेलम्बु गाउँंपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले जानकारी दिनुभयो ।
आफ्ना नागरीकको जिवन रक्षा को लागि स्थानीय सरकार जुनै समय पनि तयार रहेको शेर्पाले बताउनुभयो ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …