तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

तनहुँको भानु नगरपालिका–६ का ३८ वर्षीय पुरुषलाई गत आइतबार कोरोना सङ्क्रमण पुष्टि भयो । घरमै अलग्गै कोठामा बसेका उनलाई बिहीबार मात्रै शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराको आइसोलेशनमा लगियो ।

‘पहिला आइसोलेशनमा श्यया छैन भनियो । घरमै पनि सुरक्षित बसेको थिएँ । बुधबार साँझ यहाँ ल्याइएको छ, उनले भने ।

ती पुरुषसँगै भानु–६ मा एकैदिन २२ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएको पाँच दिन पुग्दासमेत पाँच जना सङ्क्रमित अझै घरमा बसिरहेका छन् । ती १७ जना सङ्क्रमितलाई बिहीबार दिउँसोसम्म आइसोलेशनमा पु¥याइएको छ ।

तीमध्ये १५ जनालाई जिपी कोइराला सो केन्द्रको आइसोलेशनमा र दुई जनालाई दमौली अस्पतालले सञ्चालन गरेको आइसोलेशनमा राखिएको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए । बाँकी तीन जनालाई पनि छिट्टै आइसोलेशनमा ल्याउने उनले बताए ।

दुई जना सङ्क्रमितलाई घरमै बस्न उपयुक्त छ । उहाँहरुलाई होम आईसोलेसनमै राख्छौ, उनले भने । पछिल्लो समय जिल्लामा होम क्वारेन्टिनमा बस्न दिँदा परिवारका सदस्यलाई पनि सङ्क्रमण भएको घटना सार्वजनिक भइरहेको छ ।

आइसोलेशनमा लैजाने भएपछि सङ्क्रमितलाई पाँच दिनसम्म पनि घरमै राख्नु गम्भीर लापरवाही हो । ‘आइसोलेशन भरिभराउ भएकाले लैजान ढिलाई भएका हो । सरकारले गरेको निर्णयमा पनि घरमै आइसोलेशनमा बस्न चाहनेलाई राख्ने भनिएको छ । तसर्थ लापरवाही भएको होइन,’ उनले भने ।

नगरप्रमुख गौलीले सङ्क्रमितकै सहमतिमा घरमा राखिएको दावी गरे । उनले भने, ‘अस्पताल ल्याएर पनि औषधि गर्ने त केही पनि होइन, ज्वरो आए सिटामोल दिन्छन् । नत्र भने आराम गर्ने, खाना दिने हो ।’

कोरोना रोकथाम नियन्त्रण र व्यवस्थापनमा स्थानीय तह लागिपरेको ६ महिना हुँदा समेत पर्याप्त आइसोलेशन छैन । पालिकामै आइसोलेशन बनाएर राख्दा सङ्क्रमितलाई जटिल समस्या देखिए सम्बन्धित अस्पताल लैजान टाढा पर्ने भएकाले भानुमा आइसोलेशन नबनाएको उनले जानकारी दिए ।

वडा कार्यालय बन्द तनहुँको देवघाट गाउँपालिकामा शुक्रबार सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा गरिएको स्वाब सङ्कलनको रिपोर्ट अनुसार गाउँपालिकामा कार्यरत दुई स्वास्थ्यकर्मी सहित सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गाउँपालिकाले जनाएको छ ।

सङ्क्रमितमध्ये दुई स्वास्थ्यकर्मी कोटा स्वास्थ्यचौकीमा कार्यरत रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदीपकुमार बुढाथोकीले जानकारी दिए ।

ती स्वास्थ्यकर्मीमध्ये एक महिला र एक पुरुष हुन् । उनीहरु दुवै भरतपुर निवासी रहेको र भरतपुरकै आइसोलेशनमा राखिएको स्वास्थ्य शाखा प्रमुख बुढाथोकीले जानकारी दिए ।

बाँकी पाँच जना भने कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका छन् । पाँच जना नै देवघाट गाउँपालिका–५ निवासी रहेको बुढाथोकीले जानकारी दिए । उनीहरू सबैलाई होम आइसोलेशनमै राखिनेछ ।

गाउँपालिकाले १४ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाएको थियो । यसैबीच सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि देवघाट गाउँपालिकाले गाउँपालिकाको कार्यालय तथा वडा नं १ र ५ को कार्यालय बन्द रहने भएको छ ।

भदौ १९ गते शुक्रबारदेखि भदौ २४ गतेसम्मका लागि गाउँपालिका, वडा नं १ र ५ का वडा कार्यालयबाट अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिनुभयो । समुदायस्तरमा कोरोना सङ्क्रमण फैलन सक्ने उच्च जोखिम रहेकाले अत्यावश्यक काम बाहेक बाहिर हिँडडुल नगर्न र अत्यावश्यक काममा हिँडडुल गर्दा मास्क लगाउन आग्रह गरिएको छ ।

हाल चलिरहेको पितृपुजन ‘सोह्र श्राद्ध’ कार्यमा आफन्त, छरछिमेकी, बन्धुबान्धवलाई आमन्त्रण नगरी एकाघरका सदस्यमात्र सहभागी हुन, सकेसम्म पुरोहितलाई घर नबोलाई विद्युतीय तरिकाले तथा अन्य वैकल्पिक माध्यमबाट सोह्र श्राद्ध गर्न गाउँपालिकाले जनाएको छ । रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …