तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

खुमकान्त अर्याल - वालिङ -६, मिर्दी

हिन्दु धर्मशास्त्रहरु अनुसार मानिस मर्ने वेलामा शरीरको आकृतिको अतिसुक्ष्म सारअंश, मन,बुद्धि पश्चाताप ,क्षोभ,सफलता असफलता र जीवनका सवै कामहरुको स्मृति र अतृप्त चाहनाहरु मिसिएर वनेको एकीकृत शुक्ष्म परमाणु वाहिर निस्कन्छ । शरीरलाई नै सत्य मानेर व्यवहार गर्न वानी परेको त्यस अणुरुपी जीवात्माले हिजो जस्तै भोक, तिर्खा, मान अपमान सम्मानको आशा राख्दछ र त्यही मरेको आफ्नो शरीर वरिपरी घुमीरहेको हुन्छ,र फेरी त्यही शरीरमा पस्ने कोशिस गर्दछ, हामीसंग वोल्न खोज्छ तर हामीले देख्न सुन्न सकिरहेका हुदैनौं ।

अव मृतआत्माले यो शरीरमा नअलमलियोस,अनन्तको यात्रा तय गरोस भनेर हामीले विधिपूर्वक उक्त शरीर जलाई दिन्छौ, त्यसै भएर हामी यसलाई सदगत गरेको पनि भन्ने गर्दछौं । कामनाग्रस्त उक्त शुक्ष्म जीवात्माले सुखदुःखको भोक्ता वनेर वस्दछ अन्तरिक्षमा र धेरै पछि अर्को जन्म लिन्छ । हो तेस्ता अतृप्त जीवात्माले मत्र्यलोकमा सुखको अनुभव गर्दै अर्को राम्रो जन्म प्राप्त गरुन् भन्ने उद्देश्यले श्राद्द तथा पित्रृ यज्ञहरु गर्ने गर्दछौं हामी ।

जो मानिस मर्नेवेलामा तृप्त छ, कुनै कामना वाँकी रहेको छैन त्यस्तो आत्माले छाडीसकेको त्यो शरीरमा फर्कने चाहना नै गर्दैनन तेसैले महात्माहरु, सन्यासीहरुको शरीर जलाउने गर्दैनन् हिन्दु धर्मको चलनमा । इच्छा वाँकी नरहेको कारणले उनीहरु महाकासमा विलीन हुन्छन र खुसी र सुखपूर्वक रहन्छन् । उनीहरुको लागि श्राद्ध पितृयज्ञ नगर्दा पनि हुन्छ, हामीले आफनै सन्तुष्टिका लागि प्रार्थना श्रद्धा गर्ने कुरा मात्र हो ।

जिवेषणाबाट मुक्त नभएका आत्माहरुको लागि छोराछोरी पतिपत्नि नातिनातिनाहरुले क्रिया संस्कार श्राद्द आदि नगरेमा उनीहरु पनि दुखी हुने र हाम्रो जीवन पनि सफल नहुने विश्वासमा हिन्दुधर्म अन्तर्गत पित्रृयज्ञ तथा श्राद्धकर्मलाई विशेषरुपमा पालना गरिदै आएको छ। यसै सम्वन्धमा श्राद्दको महिमावारे स्कन्द पुराणमा उल्लखित एक कथा यस पटक पनि दोहोर्याएर प्रस्तुत गरिएको छ, ।

अघिकुनै समयको कुराहो, अग्निस्वात्त नामगरेका दिव्य पित्रृ देव ईन्द्रको दरवारमा गएका वखत स्वर्गवास गर्ने पित्रृहरुले भेट गरी निवेदन गरेछन “ हे, पित्रृदेव ! हामीहरुलाई अशैह्य भोक लागेर वोटको फल टिपेर खान खोज्दा फल हातमा आँउदैन, तीर्खा लागेर जलको लागि नदीमा अन्जली भर्न खोज्दा जल हातमा आउदैन ।यसरी खान नपाऊँदा भोक र प्यासले गर्दा हाम्रो शरीर आगोले जले जस्तै कष्ट हुन्छ, तर यहांँ वास गर्ने अन्य देव गणहरुलाई भने भोक र तीर्खाको कुनै कष्ट पीडा छैन,यसैले यो असैह्य वेदना र कष्टबाट हाम्रो उद्दार गर्नुहोस् ” भनी अनुरोध गर्दा अग्नीस्वात्त पित्रृ देव आज्ञा गर्नुहुुन्छ “हे स्वर्गवासी पितृहरुहो ! , तिमीहरु जस्तै हामीलाई पनि भोक र तीर्खाको कष्टले सताउन थाले पछि यिनै इन्द्र समेतका देवताहरुसंग आग्रह गर्दछाैं र यिनीहरुले दिएको तर्पणबाट हाम्रो तृप्ती हुन्छ ।,

तिमीहरु त अझ स्वर्गवास गरेका छौ ,यमलोकको नर्कवासी पित्रृहरुको त झन कष्टको अनुमान गर्न पनि डरलाग्दो छ, त्यसैले तिमीहरु सवैको उद्दारको लागि लौ हिंड व्रम्हाजी कहांँ जाऊँ” भनेर गए पछि व्रम्हाजीले भन्नु हुन्छ ,“हे पित्रृ गण हो !मनुश्यहरुले तिमीहरुको नाममा औंशिमा, ग्रहण लाग्दा, तीर्थमा जांँदा र मरेको महिनाकाे तिथिमा साथै भाद्र शुक्ल पुर्णिमादेखि कृष्ण पक्ष औंशी सम्मको १६ दिनको पित्रृ कल्पमा तिमीहरुका तीन पिढि सम्मका छोरा नातिपनातिहरुले श्राद्द र तर्पण गरे पछि तिमीहरु तृप्त हुनेछौ । तिमीहरुलाई पिण्डदान र तर्पण गर्ने तिम्रा सन्तानहरुको परिवारमा सुख शान्ति र सम्वृद्धि हुनेछ ।

यसरी सोह्रश्राद्दमा दिएको पिण्डदान र तर्पणले एक वर्ष सम्म पित्त्रृहरु तृप्त हुनेछन।यतिमात्र होइन दिव्य पित्रृ देव र मैले समेत यो पिण्डको अंश पाउनेछु । जसले स्वर्गीय आफना पित्रृहरुको श्राद्द गर्दैन उसको घरमा गरिवीले सताउनेछ, परिवारमा अशान्ति हुनेछ” भनिएको छ । यस कथाका अतिरिक्त गरुड पुराण र अन्य शास्त्रीय प्रमाण अनुसार मानिस मरे पछि कर्म अनुसार ऊ कि स्वर्गमा वास गर्दछ कि त नर्कमा , जहांँ वसेतापनि आफ्नो क्षुधा पूर्तिका लागि पितृृृहरू मर्त्यलाेकमा भएका आफना तीन पिडी सम्मका सन्ततीहरूबाट विभिन्न पित्रृ तिथि र पर्वहरुसम्म पिण्ड र तर्पणको प्रतीक्षामा रहेका हन्छन ।लौ हाम्रा सन्ततीले पिण्ड दिने वेला भएको छ भनेर खुशी भएर तीथीको वाटो हेरेर वस्छन, यदि पाएनन भने ज्यादै नरमाईलो मान्दै भोक र तिर्खाको कष्टबाट अत्तालिएर ,धिक्कार मानेर रोइकराई वस्ने गरेको कथाहरुमा पाईने गरेको छ ।

भनिन्छ, आफना स्वर्गीय वावुआमा पित्रृहरुलाई सकेसम्म हरेक औंशिमा, विभिन्न तीर्थमा, मरेको तिथिमा एकोतिष्ठ र सोह्र श्राद्दमा ,पवित्र अन्न र र वस्तुको संग्रह गरी शुद्द व्राम्हणबाट पिण्डदान र तर्पण गरिदा साथै अन्य अवसरहरुमा पनि पित्रृहरुका नाममा दान पुण्य गरिदा,अन्न्नदान र भोजन गराउंँदा, स्वर्गीय आफना वावु,वाजे, र आमा तर्फको पनि तीन पिडीहरुले पाऊने र श्राद्दकर्ताको पनि यस लोकमा सुख सम्व्रृद्दि हुने विश्वास गरिन्छ । जुन पित्रृहरुलाई हामीले तर्पण दिन्छौ यदि उनीहरु मध्ये कसैको पुनःजन्म भैसकेको रहेछ भने उसले पनि विभिन्न माध्यमबाट फल पाएर सुखभोग गर्दछन भन्ने विश्वास गरिन्छ ।

सोह्रश्राद्दको महिमा अझ धेरै किन छ भने यो पटक श्राद्द र तर्पण गरिंदा माथि भनेजस्तै एक वर्ष सम्म पित्रृ तृप्त हुने विश्वास गरिन्छ । भनिन्छ श्राद्दको लागि त्यती धेरै वस्तु जुटाउन अनुकुल मिलेन भने पनि श्रद्धापूर्वक तिथिमा साग र जलले अर्पण गर्दा पनि पित्रृ खुशी र तृष्त हुने विश्वास गरिन्छ त्याे पनि भएन भने आकाशतर्फ फर्केर उनीहरूलाई स्मरण गर्दा पनि हुन्छ। सोह्रश्राद्दको यो अवसरमा सम्पूूूर्ण पित्रृदेवहरुलाई हार्दिक श्रद्धाञ्जली !

(कथा साभार :स्कन्ध पुराण नागर खण्ड अन्तर्गत अनर्त नरेश र ब्राह्मण भर्तियज्ञको संंवाद)

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …