तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

रबिन्द्र यादव

नवलपरासी पश्चिमको बर्दघाटमा सवारी दुर्घटनामा परी एक बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पूर्वी–पश्चिम राजमार्ग अन्तर्गत हेटौडाबाट जन्ती लिएर धनगढी तर्फ जाँदै गरेको से १ च २२३३ नम्बरको स्कारपियो बर्दघाट ४ स्थित सडकमा बाटो काट्ने क्रममा एक बालकलाई ठक्कर दिएको हो । ठक्करबाट बारा कलैया घर भई बर्दघाट बस्दै आएका १० वर्षीय सबिन मियाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाडीको ठक्करबाट गम्भिर घाईते बालकलाई उपचारको क्रममा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । ठक्कर दिएपछि अनियन्त्रीत स्कारपियोले विपरित दिशाबाट जादै गरेको लु २९ प १८९३ नम्बरको स्कुटीलाई समेत ठक्कर दिएको थियो ।

दुर्घटनामा स्कुटी चालक र स्कारपियोमा सवार सबै यात्रु सकुशल रहेको ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी प्रमुख हुमनाथ रेग्मीले जानकारी दिए । ठक्कर दिने सवारी प्रहरीको नियन्त्रणमा छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …