तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नेपाली जन संपर्क समिती क्यानाडाका सभापति बुद्दी  प्रकाश  ओलिले हरितालिका तिजको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दिदीवहिनीहरुमा शुभकामना व्यक्त गरेका छन ।

हरितालिका तिज पर्वको अवसरमा मेरो व्यक्तिगत तर्फबाट  र नेपाली जन संपर्क समिती क्यानाडाका तर्फबाट स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दिदीवहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गरेका हुन ।  हाम्रो देश अनेक धर्म , अनेक संस्कृति र अनेक पर्वले समृद्ध छ । यी पर्व हाम्रा पहिचान हुन् , गौरव हुन् । हाम्रो समाजमा सौहार्दता र एकतालाई मजवुत तुल्याउन यी पर्वहरुले योगदान गर्दै आएको ओलिले बताए । 

सबै खाले पर्वमा आपसी प्रेम , सद्भाव , विश्वास र भाईचारा व्यक्त गर्ने हाम्रो परम्पराले हाम्रो समाजलाई एक साझा फुलवारीका रुपमा प्रतिविम्बित गर्दै आएकोले तीजमा चेलीहरु माइत आउने र पारिवारिक सम्बन्धलाई हार्दिक बनाउन भूमिका निर्वाह गर्ने दृष्टिले पनि यसको विशेष महत्व छ । विश्व  अहिले कोरोना भाइरस ( कोभिड -१ ९ ) को महामारीबाट आक्रान्त छ । यस अवस्थामा कोरोनाको जोखिमलाई दृष्टिगत गर्दै सामाजिक दुरीलाई कायम राख्दै तीज मनाउन सबैलाई ओलिले आग्रह  समेत गरेका छन । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …