तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

सुशिल सुबेदी

अबिरल बर्षाको कारण जुगल गाउँपालिका वडा नम्बर २ लिदिमा आज विहानको ६ बजे भिषण पहिरोले कम्तीमा २१ घर पुरेकोकेही थप घरहरु जोखिममा रहेको जानकारी प्राप्त भएको गाउँपालिका उपाधक्ष्य श्रीजना तामाङले आगमन खबरलाई जानकारी दिनुभयो ।

पहिरो गाउँकोबीच भागमा गएकोले कति घर पुरिएका हुन भन्ने अझै एकिन भएकाे छैन । पहिरोले पुरिने घरकाे संख्या गढ्न सक्ने र ठूलाे जनधनकाे क्षेती भएकाे हुनसक्ने वडाध्यक्ष लामाले जानकारी दिए ।

जिल्लाको सबैभन्दा विकट वडा भएकोले हेलिकोप्टरबाट उद्धार टोली जाने तयारी भइरहेको र घटना स्थलमा सेना र प्रहरीलाई पठाएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले आगमन खबरलाई जानकारी दिनुभयो ।

जनप्रतिनिधि एवं पार्टी नेतृत्वको टोली हेलिकोप्टर सहित उद्धारमा जादै गरेको बागमती प्रदेसका सामाजिक बिकाश मन्त्री युबराज दुलालले बताउनुभयो । गाउँमै भएपनि लिदी पुग्न पूरा एक दिन लाग्छ । घटनाकाे थप विवरण आउन बाँकी छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …