तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

रासस

यूरोपियन युनियन (ईयू) ले दक्षिण एसियामा बाढी पीडितलाई सहयोग पुर्‍याउनका लागि सहयोग प्रदान गर्ने भएको छ। मानवीय सहयोगका लागि प्रयोग हुने उक्त रकम खासगरी नेपाल, बङ्गलादेश र भारतमा प्रयोग हुने ईयूले जनाएको छ।

इयूले मेमा भारत र बंगलादेशलाई तहसनहस पार्ने चक्रवात एम्फान लगायतका प्रकोपबाट प्रभावित परिवारहरूलाई सहयोग पु¥याउन यस बर्षको शुरुमा घोषणा गरिएको १८ लाख यूरोसहित इयूले दक्षिण एशियाली राष्ट्रका प्रकोप पीडितलाई कूल ३४ लाख ५० हजार यूरो उपलब्ध गराएको छ।

विज्ञप्तिमा दक्षिण एशियामा यसवर्ष बाढीले करिब १ एक करोड ७५ लाख व्यक्तिलाई घरविहीन बनाएको छ भने उनीहरूले ठूलो मात्रामा चौपाया तथा खेतीजन्य भूमिको विनास गरेको छ। बाढी तथा आँधीका कारण सडक, अस्पताल र विद्यालयलगायत महत्वपूर्ण पूर्वाधारहरूमा पनि व्यापक क्षति पुगेको छ। 

‘दक्षिण एशियामा मनसुनको वर्षा यस वर्ष विशेष गरी विनाशकारी भएको छ र यो अत्यावश्यक योगदानले हाम्रा साझेदार मुलुकमा आश्रय, सम्पत्ति र जीविकाको स्रोत गुमाएकाहरूलाई महत्वपूर्ण मानवीयस हयोग पु¥याउने विश्वास ईयूले लिएको छ,’ एशिया तथा प्रशान्त क्षेत्रका लागि ईयू पर्यवेक्षक ताहीनी थम्मनगोदाले भने,

कूल रकममध्ये १० लाख यूरो बङ्गलादेशमा अत्यावश्यक मानवीय आवश्यकताहरूलाई सम्बोधन गर्न समर्पित हुनेछ, जहाँ २० लाख भन्दा बढी मानिसहरूलाई खाद्यान्न सहयोग, पानी, सरसफाइ, र आपतकालिन आश्रय चाहिएको छ । 

भारतमा खाद्यान्न तथा अन्य मानवीय सहायताका लागि अर्को पाँच लाख प्रयोग गरिनेछ ।

‘प्राकृतिक प्रकोपबाट प्रभावित नेपाललाई खानेपानी तथा सरसफाई, आश्रयस्थल र अत्यावश्यक आधारभूत वस्तुहरूको आवश्यकताको समाधान गर्न प्रयोग गर्न १५ लाख यूरो प्रदान गरिने पनि उनले बताए।

यूरोपले प्राकृतिक प्रकोपबाट एक लाखभन्दा बढी प्रभावित हुने मुलुकमा मानवीय सहयोगका उक्त शीर्षक अन्तर्गत सहयोग गर्ने गर्छ

    

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …