तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

हेमराज उपाध्धाय

प्रेम के हो , कहाँ छ यो ,

ब्रह्माण्ड नै रहस्य मा छ 

 त्यो हिमालय पर्वतमा हो कि !

दह तर्ने त्यो डुङ्गामा हुन्छ कि  !

खोजीखोजी थकान भो !

खण्डखण्ड भो हृदय यो ।।

डमरू को निश्चल नयनमा ,

पुष्पका  गुच्छाहरुमा देखियो ।

गगनमा बिजुली चम्किए झै ,

आज प्रेम को ज्वाला निस्कियो।।

शशिको जोति झैं चम्किलो छ ,

स्वर्णको राति  जस्तै बहुमुल्य 

अदभूत अदृश्य छ तर जिवित  

जहाँ  त्यो प्रेमको प्रतीक रहन्छ ।।

प्यासीलाई जल बन्दिने

थोत्रो लुगाको चोट्कोमा देखिने ,

खरको झुपडीमा मुर्दा प्रतिको श्रद्धा 

जिवित छ, माताको ममतामा रहने ।।।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …