तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

नवराज रेग्मी

मुक्तकका केही टुक्राटाक्रीहरू

१.
आउँदैछु जवानीको धूप जोगाएर राख प्रिया
कुरुप शहरमा रुप जोगाएर राख प्रिया
यो चिकन, यो मटन देखेरै वाक्क भा’छ
अमिलो गुन्द्रुकको सूप जोगाएर राख प्रिया ।

२.
सीमा समातेर देश रोएको छ
तुना समातेर भेष रोएको छ
बनाउँछु भन्नेहरुले नै भत्काइरहेको देख्दा
शून्य–शून्य उराठिलो परिवेश रोएको छ ।

३.
भट्टीमा साधु मातेको देख्छु
सीताले यौवन साटेको देख्छु
अचम्म लाग्छ मलाई त आजभोलि
खुनी हातहरुले बाती कातेको देख्छु ।

४.
सँगसँगै अ‍ोराली झरेको सम्झ प्रिया
साउने पँधेरीमा पानी भरेको सम्झ प्रिया
गाई चराउन जाँदा कतै घना जंगलमा
च्याप्प समातेर माया गरेको सम्झ प्रिया ।


हिमाल जलेर खरानी भएको देख्न सक्तिनँ भन्छिन् आमा
आफू मरेको आफ्नै कथा लेख्न सक्तिनँ भन्छिन आमा
यो बतास, यो हुरी, यो आँधी झन बेगिलो हुँदै गा’छ
म थाकेँ, बेसरी थाकेँ, छेक्न सक्तिनँ भन्छिन् आमा । .

६.
यी चिठीहरु हुन् तिम्रा म छोड्न आएको छु
बेस्वादको यो सम्बन्ध तोड्न आएको छु
च्यातेर फाल प्रिया मेरा तस्बिरहरु सबै
जिन्दगीलाई अब अन्तै मोड्न आएको छु ।

७.
आफ्नै मुटु जलेको हेरेर फर्केको छु
आफ्नै माया गलेको हेरेर फर्केको छु
भो बुझियो जिन्दगी यसरी चल्दो रहेछ
आफ्नै विश्वासले छलेको हेरेर फर्केको छु ।

८.
रुन्न भनेर नरुन कहाँ सकिन्छ र ?
हुन्न भनेर नहुन कहाँ सकिन्छ र ?
आडैमा तिमी छौ, बैँस मातेको छ
छुन्न भनेर नछुन कहाँ सकिन्छ र ?

नवीन आहत

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …