तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाई नेपाल ल्याउन नसकिएका १७२ जना नेपालीको शव विदेशमै अन्त्येष्टि गर्न मृतकका परिवारसँग सहमति प्राप्त भएको छ ।

वैदेशिक रोजगार बोर्डले दिएको जानकारी अनुसार लकडान सुरु भएदेखि नेपाली श्रम गन्तव्य भएका विभिन्न मुलुकमा रोकिएका जम्मा ४९४ शवमध्ये १७२ जनाको शव विदेशमा नै अन्त्येष्टि लागि सहमति प्राप्त भएको हो । यसमध्ये २४६ जनाको शव नेपाल ल्याई परिवारलाई बुझाइएको छ ।

बोर्डले दिइएको जानकारी अनुसार विदेशमा १५ जना महिलाले ज्यान गुमाएका छन् । सबैभन्दा बढी साउदीमा एक महिलासहित १७३ जना नेपालीले ज्यान गुमाएका छन् ।

सबैभन्दा कम ओमानमा दुई जना पुरुषले ज्यान गुमाएका छन् । यसै गरी मलेसियामा ९२ जना नेपालीले ज्यान गुमाएकोमा आठ जनाको विदेशमा अन्त्येष्टि लागि सहमति प्राप्त भएको र ८४ जनाको शव परिवारलाई बुझाइएको छ ।

युएईमा पाँच महिलासहित ८३ जनाले ज्यान गुमाएकोमा ६० जनाको शव विदेशमा अन्त्येष्टिको लागि सहमति प्राप्त भएकोमा १८ जनाको शव परिवारलाई बुझाइएको र बाँकी पाँच जनाको शव विदेशमै रहेका छन् ।

कतारमा दुई महिलासहित ७७ जना नेपालीले ज्यान गुमाएकोमा २७ जनाको शव विदेशमै अन्त्यष्टिको लागि सहमति प्राप्त भएको र ४९ जनाको शव नेपाल ल्याइ परिवारलाई बुझाइएको छ । एक जनाको शव विदेशमै रहेको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

कुवेतमा छ महिलासहित २५ जना नेपालीले ज्यान गुमाएकोमा १३ जनाको शव अन्त्येष्टिका लागि सहमति प्राप्त भएको र १० जनाको शव नेपालमा परिवारलाई बुझाइएको दुई जनाको शव विदेशमै रहेको छ ।

बहराइनमा ११ पुरुषले ज्यान गुमाएकोमा चार जनाको शव विदेशमा अन्त्येष्टिका लागि सहमति प्राप्त भएको र छ जनाको शव नेपाल ल्याइ परिवारलाई बुझाइएको छ । एक जनाको शव विदेशमै रहेको छ ।

कोरियामा आठ जनाले ज्यान गुमाएकोमा पाँच जनाको शव कोरियामै अन्त्यष्टिको लागि सहमति प्राप्त भएको र एक जनाको शव परिवारलाई बुझाइएको तथा दुई जनाको शव कोरियामै छ ।

अन्य मुलुकका एक महिलासहित २३ जनाले ज्यान गुमाएकोमा १४ जनाको शव अन्त्येष्टिका लागि सहमति प्राप्त भएको र नौ जनाको शव विदेशमै रहेको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

मृतक कामदारको सम्बन्धित मुलुकमा नै अन्त्येष्टिका लागि परिवारबाट सहमति प्राप्त हुने क्रम जारी रहेको बोर्डको भनाइ छ। वैदेशिक रोजगारीको क्रममा कोरोनाबाहेक अन्य कारणले मृत्यु भएकाको शव अन्तर्राष्ट्रिय उडान हुने बेलादेखि क्रमिक रुपमा नेपाल ल्याउने क्रम शुरु भएको बोर्डले जनाएको छ ।

सरकारले विदेशमा अन्त्येष्टि गर्ने अनुमति दिए परिवारलाई सान्त्व नाराहत स्वरुप ५० हजार रुपियाँ दिने गर्छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …