तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

अबिसेक डाँगी

आज मैले हाम्रो समाजमा रहेको समाजिक कुसंस्कृतिको बारेमा आफुले जानेका केहि कुराहरु तपाई सामु राख्दै छु। मैले लेखेको कुरा पढ्दै गर्दा कतिपय व्यक्तिहरुलाई आफ्ना आमाबुवाको याद पनि आउन सक्छ। अनि कतिपयलाई भने आफ्नो आमाबुवालाई बृद्धाआश्रमबाट लिएर घरमै राखुँ भन्ने सोच आउन सक्छ । कति जनालाई चाहिं आफ्नो परिवारसंग बसेर धेरै कुरा गर्ने मन लाग्न सक्छ । आज मैले लेख्दै छु । “आमा त्यागको खानी अनि बुवाको परिश्रमको वारेमा” । कतिलाई त थाहा नै छैन होला । मेरो आमा बुवाले मेरो लागि कति त्याग गरेका छन् भनेर ।त्यस्ता व्यक्तिको लागि भए पनि मैले यो लेख लेख्दैछु । सबैभन्दा पहिले कुरा गरे आमाको।

आमा

आमा, यो शव्द सुन्दा जति सजिलो लाग्छ नि त्यतिनै गाह्रो पनि छ। यो शव्दको अर्थ थाहा पाउन एउटा आमा आफ्नो शन्तानको लागि कति त्याग गर्नुपर्छ भन्ने कुरा त्यो शन्तानले कहिले पनि बुझ्न चाहदैन । सबैभन्दा पहिलो त्याग । सन्तान पेटमा हुँदा उनिहरुलाई जे मान लाग्यो त्यहि खाना खान पाउँदैनन् । किन थाहा छ रु किनभने त्यो पेटमा तिमी हुर्किरहेको हुन्छौ । तिमीलाई केहि नहोस् भनि उनले आफ्नो खानाको वलिदान दिन तयार हुन्छिन् । के तिमी कहिले आमाको लागि खानाको वलिदान दिएका छौ र तिमी आफुले एकचोटी सोचेर हेर । तिमी त घरमा एकदिन मात्र नमिठो खाना पकाउँदा खाना नै छोडेर हिड्ने गर्दछौ। त्यो आमा जसले तिमी पेटमा भएदेखि तिमी जन्मिएको १ वर्षसम्म नमिठो नै खाएकी थिईन् । तिम्रो आमालाई तिमी ७–९ महिनाको पेटमा हुँदा उठ्न बस्न गाह्रो हुन्छ । न खान मन लाग्छ । न राम्रो संग बस्न नै मिल्छ । त्यस्तो अवस्थामा पनि उनि तिम्रो लागि भनेर आफ्नो स्वास्थ्यको प्रवाह नगरी तिमी नै भनेर खुशी हुने गर्दछिन् । अनि कुरा आउँछ तिम्रो जन्मको । त्यति खेर सायद मलाई लाग्छ एउटा नव शिशुको लागि एकको मृत्यु अवश्य हुन्छ । त्यस्तो अवस्थामा पनि उनि तिम्रो आशामा बसेकी हुन्छिन् । उसले एउटा सन्तालाई जन्म दिन उनि केहि समयका लागि भएपनि मरेको हुन्छिन् । अनि तिम्रो जन्म हुन्छ । अनि तिमि कति भाग्यमानी । तिमी जन्मिएको केहिवेर नरुदा तिम्रो आमा पनि रुने गर्दछिन् । सायद त्यो पल तिमिले देख्ने र महसुस गर्ने भएको भए आज कुनैपनि आमाबुवा बृद्धाश्रम र घरबाट निकालिने थिएनन् होला ।

म एउटा सञ्चारकर्मी भएर पनि होला मैले त्यो समयलाई देख्ने मौका पाएको थिए एउटा रिपोर्टिङक गर्ने क्रममा। संसारमा पहिले त्यस्तो समय आउँछ जव सन्तानले जन्म लिदा , यदि त्यो सन्तान नरुदा आमा रुन्छिन् । अनि त्यहि सन्तान रुदा आमाको मुहारमा हाँसो आउछ । अनि तिम्रो लागि नौ महिना सम्मको दुध खुवाउन, तिम्रो लागि राम्रो–राम्रो कपडा, तिमी प्रतिको सदाचार लाखौँ लाख सपना अनि करोडौँको माया यति सम्म त्याग गरेको आमालाई जव तिमी युवा हुन्छौ । त्यही आमा तिमिलाई मन पर्दैन। तिमीले कसरी विर्सन सक्छौ र तिमी पढाईएको लागि टाढा गएको बेला चामलको वोरा भित्र खानेकुरा अनि तिम्रो खर्चको लागि लुकाएर पैसा पठाएको । हुन त कहाँ सम्झन्छौ र तिमिले । किनभने तिमी ठूलो भईसक्यौ नी होईन र? यति मात्र होईन आमाको त्याग छोराछोरीको लागि अनन्त सम्म पनि हुन्छ । यो संसारमा यदि कसैले सोध्यो संसारमा सबैभन्दा सुन्दर चिज के भन्यो भने र त्यो हो आमा । आमा सँधै सुन्दर हुन्छन् । गलत त केवल सोच र मानसिकता मात्र हो ।

बुवा

आमा एउटा छोराछोरीको लागि त्यागको खानी हो भने त्यसै त्यागको खनाीको परिश्रम र मेहेनतको अकोृ रुप हो बुवा । हामी सबैलाई लाग्ने गर्दछ । आमाले जति हामीलाई बुवाले माया गर्नुहुँदैन। त्यो होईन बुवाले पनि आमा जतिकै माया गर्नुहुन्छ तर देखाउन सक्नुहुँदैन । बुवाको मायामा पनि कुनै कमी हुँदैन । तपाईहरुलाई म एउटा बुवाको कथा सुनाउछु । त्यो पनि आफ्नै । वि सं २०७० सालको कुरा हो। मलाई त्यतिबेला रेडियोको भुत चढेको थियो। रेडियोमा काम गर्ने मौका त मिल्यो तर आफ्नो खाने र बस्नेको कुनै ठेगान हुदैन थियो। त्यो पनि दाङ छोडेर नेपालगन्जमा बस्न धेरै कठिन हुन्थ्यो तर मलाई भने जसरी पनि पत्रकारिता केही गरेरै छोड्ने त्यो जोस भने कायमै थियो । कोठा भाडा तिर्ने पैसा समेत हुदैन थियो आफु सँग रेडियोको काम त हजुरलाई थाहा नै छ पैसा हुदैन । कोठा भाडा तिर्नुपर्ने भएपछि मैले घरमा आएर ६ हजार चाहियो भने । मेरो बावुको त्यति कुनै जागिर थिएन। घरको आर्थिक अवस्था पनि सामान्य थियो।

बुवा केहिपनि नबोलेर , केहि नसोचेर मलाई आवश्यक परेको रकम मेरो हातमा राखिदिनु भयो । मेरो बुवाले पर्स सँधै गोजिमा राख्ने गर्नुहुन्थ्यो । त्यसदिन त्यो पर्स टेवुलमा देखे अनि मलाई बुवाको पर्समा कति पैसा छ भनेर हेर्न मन लाग्यो । मैले खोलेर हेर्दा पर्स पुरै खाली थियो । मेरो मनलाई मैले सम्हाल्न सकिन । म एकछिन त्यहि बसेर रोए अनि मैले सोचे । बरु कोठा भाडा रेडियोबाट उठाएर दिन्छु अनि मरो रकम मिनाहा हुन्छ । अनि मैले बुवाबाट लिएको पैसा बुवाको पर्समा नै राखेर गए ।

अब तपाई भन्नुहोस् तपाईले बुवाको लागि यति सम्म गर्नुभएको छ यदि यतिसम्म पनि गर्न सकिदैन भने पनि उहाको घरमा बसने अधिकार न खोसिदिनुस् । आफ्नो बुवालाई बुझ्नुहोस् । उहाँसंग कुरा गर्नुहोस् । यतिमात्र गर्नुभयो भने तपाईको बुवा सधै खुशी हुनुहुनेछ । त्यसैले भनिन्छ । भगवान खोज्न मन्दिर जानु पर्दैन । भगवान त तपाईको घरमै हुनुहुन्छ । तपाईको घर मन्दिर अनि तपाईको बुवाआमा भगवान हो । त्यसैले आफ्नो परिवारलाई सँधै माया गरौँ ।

समाज

समाज भनेको मान्छेहरुको एउटा त्यस्तो समुह हो । जहाँ हरेक किसीमका मान्छेहरु मिलेर बसेका हुन्छन् । जसमा राम्रो र नराम्रो दुवै थरिका मानिसहरु हुन्छन् । त्यसैले समाजलाई प्रतिद्धन्दी भनेको हो । हाम्रो समाजले पनि हाम्रो जिवनमा धेरै ठुलो भुमिका खेलेको हुन्छ । हामीले गरेका हरेक कार्यमा औँला उठाउने समाजकै मानिसहरु हुन्छन् । त्यसकारण समाजले हामीलाई के भन्छ भन्नु भन्दापनि पहिले आफुले गर्न लागेको काम सहि छ वा छैन भनेर आफैले मुल्याङकन गर्न जरुरी छ । हाम्रो आमाबुवालाई राम्रो नराम्रो कान फुक्ने पनि यहि समाजका मानिसहरु हुन्छन् । त्यसैले कुनैपनि कार्य सुरु गर्नुभन्दा पहिले आफ्नो आमाबुवा र परिवार संग बसेर सर–सल्लाह गरेर मात्र अगाडी बढ्नु राम्रो हुन्छ। समाज भनेको तिमीले राम्रो काम गरेपनि कुरा काट्ने गर्दछ र नराम्रो काम गरेपनि कुरा काट्दछ । त्यसैले जहिले पनि आपतको समयमा चाहिने भनेको परिवार नै हो । त्यसैले भनेको हो । आमाबुवा भगवानको रुप हुनुहुन्छ । तिमी सानो गल्ती गर समाजले तिमीलाई माफ गदैृन । तर तिमी हजारौँ गल्ती गर बुवाआमाले माफ गर्नुहुन्छ । त्यसैले आफ्नो आमबुवा समाज भन्दापनि धेरै माथि हुनुहुन्छ । समाजका केहि व्यक्तिहरुको कुरा सुनेर आफ्नो बुवाआमा र परिवारको मन कहिले नदुखाउनु ।

निष्कर्ष

हाम्रो समाजमा बस्ने प्रत्येक परिवारहरुलाई म के भन्न चाहान्छु भने । तपाईहरुले आ–आफ्नो आमाबुवालाई माया गर्नुहोस् । उहाँहरुसंग बेसर कुरा गर्नुहोस् । उहाँहरुको कार्यमा साथ दिनुहोस्। कुनैकुरा बुझुन गाह्रो हुनसक्छ । आमाबुवालाई सम्झाउनुहोस् । उहाहरु तपाईकै आमाबुवा हुनुहुन्छ । तपाईकै परिवार हुनुहुन्छ । तपाईकै खुशीको लागि यति गरेको ।

त्यसैले आजको दिनबाट कसैको परिवारमा बुवाआमालाई नराम्रो ब्यवहार नहोस् । कहिले सोच्नु भएको छ पहिले एउटा घरमा २–४ भाईबहिनी बसेको घर आज आमाबुवा नअट्ने भयो किन अनि कसरी तपाई सानो हुँदा एउटै भरमा बुवाआमा, दाई, भाई, दिदि, बहिनी अटाउने घरमा अहिले एउटा बुवाआमाको लागि खालीठाउँ किन भएन होला आफुलाई सोध्नुहोस् । यहि त्यहि आमाबुवाले घरमा ठाउँछैन भनेर तपाईलाई सानैमा घरबाट सडकमा छोडेको भए आज तपाईको अस्तित्व हुने थिएन होला ।

त्यसैले जसले हामीलाई हाम्रो पहिचान र अस्तित्व दियो त्यसैलाई नमेटाईदिनुहोस् । मेरो अनुरोध छ । कोहि कसैले आफ्ना आमाबुवालाई नराम्रो व्यवहार नगरौँ, उहाँहरुलाई उच्च सम्मान र आदर दिएर परिवार सुखी र खुुसी बनाउँ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …