तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

खुमकान्त अर्याल - वालिङ ,६ मिर्दी

भक्ति,ज्ञान, तथा योगमार्गी सबैले भगवान रामको उपासना गर्दछन् । अहिले सर्वत्र रामको चर्चा चलेको छ। यसै विषयमा आधारित प्राचीन ग्रन्थमा प्रस्तुत एउटा रोचक संवादको सङ्क्षिप्त अंश यहाँ प्रस्तुत गरिएको छ।

एकपटक देवराज इन्द्रको सभामा सबैभन्दा पुरानो इतिहास जान्ने र हालसम्म भएका, जीवित रहेका महापुरुषहरु कोको छन् भनेर छलफल चल्छ।

मेरु पर्वतमा बस्ने ‘भुषुण्ड’ नाम गरेका कागले ब्रम्हाण्डभरिका सबै घटनालाई प्रत्यक्ष देखेको र उनी अहिले पनि जीवित छन् भन्ने कुरा सुनेका ‘वशिष्ठ’ ऋषिले उनलाई भेट्ने निर्णय गरेछन् । मानस गमनको सिद्दि शक्ति भएका ‘महर्षि वशिष्ठ’ आकास मार्गबाट मेरु पर्वततर्फ लागेछ्न्।

मेरु पर्वतको इशानकोण अवस्थित पद्मरागले भरिपूर्ण, अनुपम सुन्दर वगैंचा,झरनाहरु,विभिन्न रंगका हाँस र पंक्षीहरु क्रीडा गरीरहेको सरोवरको किनारमा अवस्थित नाना रत्नमय पल्लवले झकिझकाउ कल्पवृक्षको नजिक पुगेका ‘महर्षि वशिष्ठलाई सुनौलो गणमा निवास गर्ने ‘भुषुण्ड’ नाम गरेका कागले ऋषिलाई देख्नासाथ भुंँइमा झरेर स्वागत गर्दै विन्ति गर्दछन्, “ भगवान ! हजुरजस्ता जीवनमुक्त,तत्वज्ञ महापुरुषको दर्शन पाउनु धेरै ठुलो कुरा हो, यसर्थ मेरो जीवन आज सफल र धन्य भएको छ।” भुषुण्डले करवद्ध भैकन झुकेर प्रणाम र पुजाअर्चना गर्दै ऋषि लाई आशन ग्रहण गराइसकेपछि “के काम विशेषले यहांँसम्म कष्ट उठाइबक्स्यो ? ” भनी बताउन अनुरोध गर्दा महर्षि आज्ञा गर्नुहुन्छ- “भुषुण्डजी ! तपाई कति समयदेखि जीवित हुनुहुन्छ ? तपाईले व्रम्हाण्डको सवैभन्दा पुरानो घटना के के जान्नुहुन्छ ? र तपाई काग भैकन यति ज्ञानी र चिरञ्जिवी कसरी हुनुभएको हो ?” भनीकन सोध्दा, भुषुण्ड भन्दछन- “गुरुवर ! स्वयं हजुर सर्वज्ञाता होइवक्सन्छ, स्वयं हजुर, हजुरका पिता व्रम्हाजी भन्दा कमी हुनुहुन्न, हजुरले नजानेको र मैले जानेको भन्ने यो सन्सारमा के नै छ र ? तैपनि शिष्यको परीक्षणको लागि गुरुबाट कतिपय कुरा सोधिन्छ भन्दै भगवान ! मैले जानेदेखि अहिलेसम्म धेरै चतुर्युग व्यतीत भैसकेको छ । हजुर नै आठपटक वशिष्ट भै सक्नु भएको छ । मैले जाने पछि नै धेरै पटक धेरै मनुहरु,इन्द्रहरु, वशुहरुलाई देखिसकेको छु। यो व्रम्हाण्ड नै लाखौ पटक श्रृष्टि भैसकेको छ र लाखौं पटक प्रलय पनि । मुने ! अरु त के कुरा स्वयं यस्तै परिवेशको सृष्टि पनि धेरै पटक भैसकेको छ । अयोध्यामा स्वयं भगवान रामको नै धेरै पटक जन्म भएको मैले देखेको छु । भगवान ! हजुरले मलाई आज दर्शन दिन आइबक्सने दिन पनि पहिल्यै तय भैसकेको थियो र म यो जान्दथें ।

यसरी ‘काग भुषुण्ड’ले व्रम्हाण्डको रोचक सृष्टि र प्रलयको रहस्य बताउदै भन्छन, “ अघि हाम्रा पिता चण्ड नाम गरेका काग, शिवपत्नी माता ‘अम्वलुषा’ नाम गरेकी देवीको वाहन थिए । कुनै समयमा आकासमा भगवान शिव पत्निहरु अष्टमातृकाहरू एकै ठाउंँमा जुटेकावखत व्राम्ही देवीकी वाहन हंस पनि संगै आएकी थिइन ।हो, हाम्रा पिता चण्डले उनै हंसीसित समागम गरेको कारण हामी २१ कागहरुको जन्म भएको हो । हाम्रो जन्म भएपछि ‘व्राम्ही र अम्वलुषाका’कृपा र आशिर्वादले हामीलाई जीवनको पूर्ण ज्ञानको प्राप्ति भयो । ज्ञानको प्राप्ती भएपछि जीवनको कुनै कामना र रागद्वेष नहुने कारणले उसलाई सान्सारिक आंँधिव्याधि तथा मृत्युले छुन पनि सक्दैन । भगवन ! जतिवेला प्रलयकालमा सूर्य र चन्द्र समेत नष्ट भएर व्रम्हाण्ड विलय हुन्छ तत् समयमा म प्राणायामको विधिले यो कल्पवृक्षलाई छाडिदिएर निरन्तर ध्यानमग्न हुने गर्दछु । प्रलय भएपछि सृष्टि हुन जति हजार वर्ष लाग्दछ त्यती समय म ध्यान समाधिमा बस्ने गर्दछु । यसर्थ म आजसम्म जीवित भएको छु।” भनेर काग भुषुण्डले आफनो आयु र ज्ञानको राज बताएका छन् ।

भुषुण्ड अगाडि भन्छन- “महात्मन ! यो व्रम्हाण्डमा जति पनि वस्तु देखिएका छन् कोही पनि मंगलदायक छैनन, सबै दुखरुपी हुन् । परमज्ञान सम्पन्न भैसकेपछि यी सबै मिथ्या वस्तुको लोभ हराउंँछ, तब एकमात्र जान्न योग्य परमात्माको मात्र ध्यान चिन्तन रहन्छ । तब मन निर्मल हुन्छ । रोग, भोक, अलाप र विलाप सबै समाप्त भएर जतिवेला पनि परमशान्तिको लाभ हुन्छ । परम शान्तिको लाभ हुनुभनेको मृत्यु र काल वा समय माथिको विजय हो । हो ,मैले पनि त्यही राजलाई जानेको हुंँदा ‘म’ लाखौ वर्षदेखि जीवित छु र यो सृष्टिको प्राचीन भन्दा प्राचीन इतिहासलाई जानेको छु । भगवान ! मृत्यु माथि विजय प्राप्त गर्ने ‘प्राणायाम’ विधाको यो महान अवसर सबैलाई सम्भव छ ।”

महर्षि वशिष्ठ र कागभुषुण्ड बीचको यो सम्वाद स्वयं महर्षि वशिष्ठले भगवान रामलाई योगवाशिष्ठ ग्रन्थमा बताउनु भएको थियो । यहांँ स्पष्ट गरौंँकी ज्ञान र मुक्तीको विषयमा स्वयं राम अज्ञ बनेर गुरु ‘वशिष्ठ’जी संग जिज्ञासा प्रकट गर्ने र सोको अत्यन्त उपयुक्त र शास्त्रसम्मत उत्तर दिएर भगवान ‘राम’को भ्रम शान्त गरी पूर्णज्ञान सम्पन्न भएको ‘भगवान राम’ र महर्षि वशिष्ठ’ संवादको योे संग्रह ग्रन्थलाइ ‘योगवाशिष्ठ’ ग्रन्थ वा ‘महारामायण’ पनि भनिन्छ ।

कागभुषुण्डले प्राणायामको मार्गबाट आफू चिरञ्जिवी भएको ज्ञान सम्पन्न भएको विषयलाई अझ प्रस्ट्याउन भगवान ‘राम’ले गुरुसंग अनुरोध गर्दा वशिष्ठजी भन्नु हुन्छ- “राम, हाम्रो शरीरको दायांँ र वायाँ भागतर्फ २ वटा नाडी हुन्छन् जसलाई ‘इडा र पिंगला’ भनिन्छ । जस्को कारणले नै हामीले नाकवाट प्राण संचार गर्दछौ । यसले नै शरीरमा सवै ठाउंँमा शक्ति संचार गर्दछ । यसले नै शरीरमा गति, आकर्षण विकर्षण उत्पन्न तथा निष्पन्न गर्दछ । यसैले नै हृदयमा वायु गति प्रदान गर्दछ । यसैको एक शक्तिले आँखामा स्पन्दन श्रृजना गरी आँखामा निमेश उन्मेश याने समय श्रृजनाको अनुभुति गराउंँदछ । उसैको एक शक्तिले स्पर्श ग्रहण गर्दछ । खाना पचाउने काम पनि त्यही शक्तिले गर्दछ । उसैको शक्तिले वाक शक्ति तथा नाक मुखवाट स्वास प्रश्वासको उच्छावास क्रिया गराउँदछ । शरीरमा जति पनि कृया वा व्यापार हुन्छ, सो सवै प्राण र अपान वायुवाट हुने गर्दछ । हो ,जस्ले त्यो प्राण अपानको कृयाको अनुशरण गर्दछ त्यसले होसपूर्वक सवै स्पन्दनको अनुगमन गरिरहेको हुन्छ ।

ह्दयस्थलमा प्राण अपानको निरन्तर गतिको यो कृयाको जसले निरन्तर दर्शन र चिन्तन गर्दछ त्यस्ता मानिसहरु दुःख सन्ताप,संकल्प विकल्पवाट मुक्त हुन्छन । जो मुक्त हुन्छ उसको लागि समय र मृत्यु भन्ने कुरा बाँकी रहदैन । त्यस्ता प्राणीको जीवनप्रती कतिवैलै घृणा पनि रहन्न र अनावश्यक मोह पनि रहदैन ।” यसरी गुरु ‘वशिष्ट’ले शिष्य ‘राम’लाई कागभुषुण्डको कथा बताएर जीवनमुक्त हुनको लागि प्राणायाम विधाको अवलम्वन गर्न आज्ञा भएको कथा बताइएको छ ।

शरीरस्तरमा प्राण अपान वायुको स्वतःकृयाको यो रहस्यलाई जसले बुझ्दछ उसले आफूलाई कर्ता ठान्दैन। जसले आफूलाई कर्ता ठान्दैन उसले आफुलाई सुख दुःखको भोक्ता ठान्दैन । तब उसले आफुलाई दुखी र सुखीको तुच्छ मुल्यांकन गर्दैन । उसले आफुलाई व्रम्हको अंश र सवैलाई आफै समान ठान्दछ जसले गर्दा भेदवाद समाप्त भएर एकत्वको वोध हुन्छ, जस्लाई व्रम्हको आनन्द मात्र वोध हुन्छ । यसैलाई रामको निर्गुण निराकारको उपासनाको अन्तिम फल मानिन्छ । जसलाई ज्ञानको मार्ग र योगको मार्ग पनि भनिन्छ । योग वाशिष्ट ग्रन्थको गुरु वशिष्ट र भगवान राम संवादलाई नियाल्दा मनमा रहेको अज्ञानलाई समाप्त गरेपछि मात्र मानिसका तापहरु हरण हुने हुंँदा ज्ञान तथा योगको मार्गलाई प्रोत्साहन गरेको देखिन्छ भने वाल्मिकी रामायण तथा अन्य रामायणहरुमा भक्तिको मार्गबाट मात्र मानिसहरुको दुःख मुक्ति हुने कुरालाई प्राथमिकतामा राखिएको छ ।

यसर्थ मर्यादा पुरुषोत्तम ‘भगवान राम’लाई सगुण साकारवादीहरु, निर्गुण निराकारवादीहरु, वेदान्तीहरु तथा सत्यका सबै साधकहरुले उपासना र भक्ति गर्दछन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …