तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नेपाल आदिबासी महासंघ कुबेतले पहिचान सहितको संघीयता र स्वायत्तताका लागि संविधान संशोधनकाे आन्दोलन हाम्रो साझा बहस नाराका साथ स्वनिर्णित विकास तथा महामारीमा बाँच्ने र बचाउने उदेश्य  राखी  २६औँ विश्व आदिवासी दिबस अगष्ट ७ शुक्रबार स्थानिय समय अनुसार दिनको ठीक १ बजे केन्द्रिय उपाध्यक्ष तथा विदेश बिभाग प्रमुख गोबिन्द छ्न्त्यालको प्रमुख अतिथीमा जुम भर्चुअल भिडियो कन्फरेन्सद्वारा मनाउने भएको छ ।

विश्वभरका आदिवासी जनजाती एक हौ, आजको आवश्यकता भनेको हाम्रो एकता र हाम्रो एकता भनेको हाम्रो सहभागीता अनी आफ्नो धर्म, लिपी, भेषभुषा, कला र संस्कृतिलाई सम्मान गरियोस् भन्ने मागका साथ विश्वभरका आदिवासीहरुले आदिवासी दिवस भब्य रुपले बिगतमा हरुमा  मनाउदै आएको छौ। यसपाली भने बिश्वब्यापी रुपमा महामारी फैलिएको कोरोना भाइरसका कारणले गर्दा कुनै पनि सामुहिक भेला,सभा सम्मेलन तथा भेटघाट गर्न नसकिने अवस्था भएकोले कुबेत सरकारको नियमलाई पालन गर्दै जुम भर्चुअल भिडियो कन्फरेन्स द्वारा २६ औ विश्व आदिबासी दिवस मनाउने भएको जानकारी जनजाति महासंघ कुवेतका महासचिव मन्जित चाम्लिङ राईले आगमन खबरलाई दिए ।

विश्व आदिवासी दिवस अगष्ट ९ तारिख परेता पनि यहाँको परिस्थिति अनुकुल भएकोले अगष्ट ७ तारिख शुक्रबारको दिन कार्यक्रम गर्ने निर्णय भएको हो,नेपाल आदिवासी जनजाति महासंघ कुबेतको मुल आयोजनामा, महासंघमा आबद्ध जातीय संघ संस्थाहरु तमू समाज कुबेत,तमू प्ये ल्हु संघ कुवेत, नेपाल मगर संघ शाखा कुबेत,नेपाल तामाङ घेदुङ कुवैत,किरात राई यायोक्खा शाखा कुबेत, किरात याक्थुङ चुम्लुङ कुबेत, नेवा:गूठी कुवेत,सुनुवार सेवा समाज कुबेत,८ सँस्था महासंघमा आबद्ध छन। यस जुम भर्चुअल भिडियो कन्फरेन्स कार्यक्रममा सहभागी भैदिनु हुन कुबेतको सम्पूर्ण आदिबासी दाजु भाई तथा दिदी बहिनीहरु लाई नेपाल आदिबासी महासंघ कुबेतले आबह्यन गरेको छ । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …