तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अयोध्या आउने भएपछि रूपन्देही कपिलवस्तुसँग सीमा जोडिएका भारतीय क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

बाबरी मस्जिदका लागि अन्यत्रै जग्गा उपलब्ध गराउने गरी लामो समयदेखिको स्वामित्व विवादलाई अदालतले सल्ट्याइदिएपछि अयोध्यामा राम मन्दिर बन्दै छ । उक्त मन्दिरको शिलान्यासका लागि आगामी साउन २१ मा मोदी अयोध्या आउँदै छन् । उनी आउने भएपछि अवाञ्छित र आतंकी घुसपैठ नहोस् भनेर सीमामा उच्च सुरक्षा सतर्कता अपनाइएको हो ।

कपिलवस्तु र रूपन्देहीको सीमासँग जोडिएका भारतको सिद्धार्थनगर र महाराजगन्ज जिल्लामा सुरक्षा निकायलाई ‘हाई अलर्ट’ मा राखिएको छ । यी क्षेत्रबाट अयोध्या पुग्‍न सहज र नजिक भएकाले सुरक्षा निकायलाई सक्रिय बनाइएको हो । नेपाल–भारत सीमानाकामा एसएसबीका तालिम प्राप्त कुकुर परिचालन गरी जाँच थालिएको छ । दसगजामा निगरानी बढाइएको छ । सादा पोसाकका प्रहरीका अलावा एसएसबी, उत्तर प्रदेश प्रहरी, रेल्वे प्रहरी र सीमामा क्रियाशील गुप्तचर एजेन्सीसमेत सक्रिय रूपमा खटिएका छन् । भारतीय सीमावर्ती बजारमा साविकको भन्दा बढी गस्ती गर्न थालिएको छ । सीमा क्षेत्रसँग जोडिएका सडक, गल्ली र चोकमा आकस्मिक जाँच भइरहेको छ ।

एक भारतीय सुरक्षा अधिकारीले संवेदनशील अवस्था रहेको भन्दै सुरक्षा रणनीति बनाइरहेको बताए । उत्तर प्रदेशको गोरखपुर जोनका अतिरिक्त प्रहरी महानिर्देशक दावा शेर्पा सुरक्षा सतर्कता अपनाउन निर्देशन दिँदै सीमावर्ती सहर सुनौली, सोहरतगढ र बढनी पुगेका छन् । त्यहाँ उनले नेपाली सुरक्षा अधिकारीसँग समन्वय गरेर सीमा क्षेत्रको सुरक्षा व्यवस्था सुदृढ बनाउन भारतीय सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् । उनले बढनीमा नेपाली र भारतीय सुरक्षा अधिकारीसँग संयुक्त समन्वय बैठक गरेर सुरक्षा व्यवस्था कसिलो बनाउनसमेत अनुरोध गरेका छन् ।

भारतको महाराजगन्ज जिल्लासँग जोडिएका सीमाका ३२ स्थानमा सुरक्षा निगरानी कम रहेको पहिचान गरी थप प्रहरी परिचालन गरिएको छ । कोरोना भाइरस संक्रमणका कारण सीमा क्षेत्र सिल भए पनि थप सुरक्षा सतर्कता अपनाइएको एसएसबीको ५० औं बटालियनका असिस्टेन्ट कमान्डेन्ट गौरवकुमार सिंहले बताए । भारतको महाराजगन्जसँग ७५ किलोमिटर र सिद्धार्थनगर जिल्लासँग नेपालको ८१ किलोमिटर सीमा जोडिएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …