तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

प्रेम खनाल

यही श्रावण १९ गते सोमवारका दिन जनैपूर्णिमा तथा रक्षा बन्धन धार्मिक महोत्सवको शुभ अवसर परेको छ ।

यस दिनलाई विशेष गरी तागाधारी (ब्राह्मण क्षेत्रीय तथा वैश्य) वर्ग र ब्रह्मचर्य ,गृहथ र वानप्रस्थ आश्रममा रहेका आश्रमी समुदायहरुले विहान सवेरै उठी नित्य नैमित्तिक कर्म पुरा गरी गुरु शिष्य,वा पुरोहित र यजमान समेत एक साथ पवित्रनदी वा तलाउमा गई विशेष किसिमले स्नान ,ध्यान तर्पण गरी ब्राह्मणद्वारा वैदिक मन्त्रका साथ अभिमन्त्रित गरिएको यज्ञोपवीत तथा रक्षाबन्धन धारण गरी तनमनले शुद्ध हुने र मिश्रित गेडागुडीको टुसा पलाएको स्वस्थकरअमृतान्न भोजन गरेर शारीरिक र मानसिक रुपले पूर्ण स्वस्थ रहनको लागि विधान गरिएको पर्वको रुपमा पनि लिइएको छ।

यसलाई ठाउंँअनुसार कतै जनैपूर्णिमा भनिन्छ भने कतै,रक्षाबन्धन ,कतै श्रावणीपूर्णिमा कतै राखी आदि नामहरुले सम्बोधित गरिन्छ। यस्तै यसदिन ऋषि याज्ञवल्क्यले भगवान सूर्यबाट वेद प्राप्त गरेको हुनाले वेदजयन्ति पनि भनिन्छ।

यस दिन गरिने कर्महरुमा सदा झैं प्रातकालमा उठेर आफ्ना घरमा गर्नुपर्ने नियमित कार्यहरु (शौच, स्नान,स्वाध्याय,ब्रह्मयज्ञ, देवयज्ञ, पितृयज्ञ, मनुष्ययज्ञ,(ऋषियज्ञ) अतिथि यज्ञ र भूतयज्ञ) आदि सम्पन्न गरिसकेपछि जौ तिल कुश ताम्रपात्र शुद्ध माटो(तुलसीको मठको माटो भए झन् राम्रो) गाइको गोवर (जर्सी गाइको वाहेक) भष्म(खरानी) दूवो , अपामार्ग (दतीउन) तथा जौतिल कुश फलफूल अक्षता चन्दन आदि पूजा सामाग्री सहित आफ्ना पुरोहितका साथमा घरको पूर्व वा उत्तर तर्फको गंगा, नदी वा तलाउमा जाने र श्रावणी विशेष स्नान निमित्त संकल्प गरी

बैदिमन्त्र वा पौराणिक मन्त्रद्वारा गंगाको प्रार्थना गर्ने-
नमो$स्तु वासुदेवाय शितिकण्ठय वेधसे।
रुद्राय चापहस्ताय दण्डिने चक्रिणेनम:।।
सरस्वती च गायत्री वेदमाता गरीयसी।
सन्निधात्री भव त्चं च सर्वपाप प्रणाशिनी।।
त्वं राजा सर्वतीर्थानांत्वमेव जगत: पिता।
याचितं देहि मे तीर्थं सर्व पाप प्रणाशन।।
यद्वा सागरनिर्घोष दण्डहस्तासुरान्तक।
जगत्स्रष्टर्जगन्मित्र नमामि त्वां सुरान्तक।।
तीक्छ्णदन्ष्ट्र महाकाय कल्पान्तदहनोपम।
भैरवाय नमस्तुभ्यमनज्ञां दातुमर्हसि।।
अपस्त्वमासि देवेश ज्योतिषां पतिरेव च।
पापं नाशयमे देव बांमन: कायकर्मजम्।।
नमामि गंगे तवपाद पंकजं सुरासुरैर्बन्दित दिव्यरुपंम्।
भुक्ति च मुक्ति च ददासिनित्यं भावानुसारेण सदानराणाम्।।
उत्तिष्ठन्तुमहाभूता ये भूता भूमिवासिन:।
भूतानामविरोधेन स्नान कर्म समारभे।।
अपसर्पन्तु ये भूता ये भूता तीर्थ दूषका:।
ये भूता विघ्नकर्तारस्ते नश्यन्तु शिवाज्ञया।।
पुष्कराद्यानि तीर्थानि गंगाद्या:सरितस्तथा।
आगच्छन्तु पवित्राणि स्नानकाले सदामम।।

अब बरुण देवतालाई:

अपामधिपतिस्त्वञ्च तीर्थेषु वसतिस्तव।
वरुणाय. नमस्तुभ्यं स्नानानुज्ञां प्रयच्छ मे।।
अव तीर्थहरुमा निवास गर्ने देवताहरुको आज्ञा लिने-
अधिष्ठात्र्यञ्च तीर्थानां तीर्थेषु विचरन्ति या:।
देवतास्ता :प्रयच्छन्तु स्नानाज्ञा मम सर्वदा।।
गंगे च यमुने चैव गोदावरि सरस्वति।
नरमदा सिन्धुकावेरि जले$स्मिन् सन्निधिं कुरु।।

यसरी तीर्थवासी देवी देवताहरुको आज्ञा लिएर जल अभिमन्त्रण गर्ने मन्त्र :-

ॐ उरु ग्वं हिराजावरुणश्चकार -आदि जलमन्त्रण गरी
माटोले स्नान गर्ने मन्त्र-
ॐ अश्वक्रान्ते रथक्रान्ते विष्णुक्रान्ते वसुन्धरे।
उद्धृतासि वराहेण कृष्णेन शतवाहुना।।
मृतिके ब्रह्मपूतासि काश्यपेनाभिबन्दिता।
मृत्तिके हरमे पापं यन्मया दूषितं कृतम्।।
शुद्ध माटोले शरीरको उपरी भागमा दांँया हातले र अधो भागमा वायांँ हातले लेपन गर्ने तद्पश्चात् जलस्नान गर्ने।

यसरी नै गाइको गोवरले शरीरका सवै बाहिरी भागमा गोवर लेपन गर्ने मन्त्र-
अग्र अग्र चरन्तीनामोषधीनां वने वने।
तासांबृषभपत्नीनां पवित्रं काय शोधन्।।
तन्मे रोगाश्च शोकाञ्च पापं मे हर गोमय।

त्यस पछि कुशले मन्त्र सहित मार्जन गर्ने । यसै गरी मन्त्रसहित दूवोले मार्जन गर्ने। यसरी स्नान कर्म सके पछि गंगाजीलाई तर्पण दिने,ब्रह्मादि देवता, ऋषिगण, र पितृहरुलाई तर्पण दिने। विभिन्न देवी देवताहरुको उपाशना तीनमा पनि विशेषगरी सूर्य भगवानको उपाशना विशेषरुपले उल्लेख गरिएको छ ।

हरिॐ भुर्भुव:स्व: तत्सवितु ॐ बिभ्राड्बृहत्पिबतुसोम्यमद्ध्वायुर्द्दधद्यज्ञपता वविहुतम्। बातजुतोयो$ अभिरक्छ्यत्मनाप्रजा: पुपाषाविराजति।। आदि

अर्थात् हे सूर्यदेव? यजमानहरुलाई अखण्डित आयु स्थापित गर तपाईं अत्यन्त स्वादिष्ट सोमरुप हबीलाई पान गर्नुहोस्।जो सूर्देव वायुद्वारा प्रेरित आत्माद्वारा प्रजाको पालन पोषण गर्नुहुन्छ तपाईं अनेकरुपमा आलोकित हुनुहुन्छ। सबैलाई शुद्धिकृत गर्ने हे वरुण देव ! हामी उपर अनुग्रह गर्नुहोस्। हे अश्विनी कुमार देवहरु हो ! हामी ऋत्विक तथा यजमानहरुलाइ सर्वेषधी प्रदान गर्नुहोस। हे इन्द्रदेव! यस यज्ञशालाबाट पुन: पुन: सोमरस पान गरेर बृद्धि प्राप्त गर्नुहोस। हे सूर्यदेव ! तपाईं यस स्थावरजंगममय जगतका आत्मा स्वरुप हुनुहुन्छ तपाइले नै तिनैलोक प्रकाशीत गर्नुभएको छ ,यहांँ आई पावन गरी दिनुहोस् हे सूर्यदेव ! तपाइ संसार सागरमा नौकाको समान हुनुहुन्छ ।सबैका दर्शनयोग्य हुनुहुन्छ,सारा संसारलाई तपाइले नै प्रकाशित गर्नु भएको छ,यहांँसम्म कि अग्नि ,विद्युत ,नक्षत्र , चन्द्रमा ,ग्रह ,तारा आदि सर्वत्र तपाईं कै ज्योति प्रकाशित छ। तपाईंलाई वन्दना गर्छौंँ।

यसरी वैदिक मन्त्रद्वारा सूर्यलगायत सम्पूर्ण देवताहरुको उपाशना गरिसके पश्चात् अरुन्धतीसहित सप्तऋषिहरु( कश्यप,भरद्वाज ,गौतम, अत्रि, जमदग्नि, बशिष्ठ, विश्वामित्र अरुन्धती तथा यज्ञवल्क्य ऋषिलाई आह्वान गरी षोडषोपचारले पूजन गर्ने ,
रुद्राष्टाध्यायी ,विभिन्न ऋग्वेद,शुक्लयजुर्वेदका मन्तर ,तथा ब्रह्मगायत्रीद्वारा अभिमन्त्रित यज्ञोपवीत तथा रक्षाबन्धन बांँधेर आत्ममा प्रतिष्ठित रहने विश्वास गरिन्छ।
यज्ञोपवीत धारण गर्ने मन्त्र-

ॐयज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात्।
आयुष्यम्यं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं वलमस्तुतेज:।।
ॐ यज्ञोपवीतमसि यज्ञस्यत्वा यज्ञोपविनोपनह्यामि।

नयांँ यज्ञोपवीत धारण गरेर जीर्ण यज्ञोपवीत त्याग्ने मन्त्र-
एतावद्दिन पर्यन्तंब्रह्मत्वं धारितं मया।
जीर्णत्वात् त्वत्परित्यागोगच्छ सूत्र यथासुखम्।।

पुरानो जनै योमन्त्र पढेर गंगाजलमा वगाउने वा पवित्र स्थानमा विसर्जन गर्ने। तिलक लगाउने।

त्यस पछि रक्षाबन्धन मन्त्रणा गरी रक्षासुत्र वैदिक तथा पौराणिक मन्त्रहरुद्वारा अभिमन्त्रित गरिन्छ र यस मन्त्रद्वारा दायांँहातमा बांँध्ने काम हुन्छ।
मन्त्र-
येन बद्धो बली राजा दानवेन्द्रो महाबल:।
तेन त्वांं प्रतिबध्नामि रक्षे मा चल मा चल।।

ध्यान दिनु पर्ने कुरा-
यज्ञोपवीत धारण गर्ने जो सुकै व्यक्तिले पनि जुनसुकै शुभकर्म गर्दा शिरमा शिखा बाँध्नुपर्छ नभए कुशको शिखा बनाई राख्नुपर्छ।
शिखा बांँध्ने मन्त्र-
चिद्रूपिणि !महामामाये ! दिव्य तेज समन्विते।
तिष्ठ देवी शिखा मध्ये तेजो वृद्धि कुरुष्व मे।।
यो मन्त्र र ब्रह्मगायत्री मन्त्रले शिखा वांँध्नु पर्छ।

यज्ञोपवीत धारण गर्नुपर्ने आवश्यकता-

उपनयन (ब्रतबन्ध)को समयमा पिता तथा आचार्य द्वारा उपनयन संस्कार गरी अखण्डरुपमा धारण गर्नु पर्ने भन्ने शाश्त्रोक्त विधान छ।सामान्यत: तिन महिनामा पुरानो जनै बदलेर नयांँ लगाउनु पर्छ। आशौंच पितृकार्य ग्रहण आदि आशौच परेमा उम्केको दिन बदल्नु पर्छ। जनै पूर्णिमाको दिन मन्त्रेको जनै एक वर्ष सम्म पुन: मन्त्रणा गर्नु पर्दैन यदि त्यस दिन मन्त्रणा गर्न कुनै कारणबस रोकियो र मन्त्रेका जनै पनि छैनन् भने ब्राह्मणहरुले निम्न देवताहरुलाइ आह्वान गरी आफैले संस्कारित गरी लगाउन मिल्छ ती जनै एक पटकको लागि मात्र हुन्छ ।त्यतिखेर मन्त्रेकोले वार वारलाई हुंँदैन।

मन्त्र – मन्त्रणा गर्नुपर्ने नयाँ जनै पलासको पत्तामा राखेर जलसेचन गरी सूर्यलाई देखाई यी मन्त्रद्वारा अभिमन्त्रित गर्न पनि सकिन्छ भन्ने विधानछ।

ॐ ॐकारमावाहयामि,ॐ अग्निमावाहयामि,ॐ सर्पानावाहयामि,ॐ सोममावाहयामिॐ पितृनावाहयामि,ॐ प्रजापतिमावाहयामि,ॐ अनिलमावाहयामि ॐ सूर्यामावाहयामि,ॐ विश्वान देवानावाहयामि, ॐ ब्रह्मणे नमः, ब्रह्माणमा वाहयामिॐ बिष्णवे नम: बिष्णुमावाहयामि, ॐ रुद्राय नम:रुद्रमावाहयामि।

यस प्रकार देवताहरूलाई आह्वान गरेर दशपटक गायत्री मन्त्र उच्चारण गरी फूलअक्षताले पूजन गरी लगाउन सकिन्छ।

गायत्री मन्त्र-
ॐ भूर्भुव :स्व: तत्सवितुर्वरण्यं भर्गो देवस्य धीमहि ,धियो यो न: प्रचोदयात्।ॐ आपो ज्योतिरसो$मृतं ब्रह्म भूर्भुव:स्वरम्।

अब जनै किन धारण गरिन्छ त भन्ने सम्बन्धमा जनैका तीन वा छ धागाहरु सामान्य धागो मात्र होइन यी डोराहरु जसरी मूर्तिकारले भगानको मूर्ति बनाउँदा भगवानको विग्रह(रुप) लाई स्मरण गरेर आफ्नो आत्मा जोडेर मूर्तिलाइ संस्कार दिंदै लगेको हुन्छ त्यो मूर्ति ल्याइ कुनै मन्दिरमा स्थापना गरी त्यसमा प्राण प्रतिष्ठा गरी देवत्वकरण गरे पश्चात् देवस्वरुपभै पूजिन्छ त्यसै गरी जनै निर्माण गर्दा देखिनै निर्माण कर्ताले डबल तेबर बाटी शिखावन्धन गरी संस्कारित गर्दै लगेका हुन्छन् र जनै पूर्णिमाको दिनमा त्यसमाअभिमन्त्रित गरेर पूर्ण संस्कार दिइएको हुंदा त्यसमा ब्रह्म तेज आयु आरोग्यता ,बल र वीर्य आदि अध्यारोपित गरिएको हुन्छ।

सनातन वैदिक धर्मग्न्थहरुका अनुसार जनैलाई ब्रह्म शूत्र अर्थात् वेदोक्त कर्म संपादन गर्ने अधिकार प्राप्तिका लागि धारण गर्न मन्त्रिएको धागो भन्ने पनि बुझिन्छ। जनैका तिन डोरालाई ब्रह्मा ,विष्णु ,महेश्वर र तथा अर्का तिन डोरालाइ कर्म, उपाशना र ज्ञानको प्रतीक योग भनिन्छ।

मनुष्यहरुको जन्म हुना साथ तिन ऋण लिएर आएको हुन्छ ती हुन् देवऋण, ऋषिऋण र पितृऋण। यी ऋण हरु चुक्ता गर्न पनि यी कर्म गर्नु पर्छ भन्ने शाश्त्रीय वचन छन्। यस्तै आज हातमा बाधेको रक्षासूत्रले दानवीय शक्तिहरुलाई पराजित गर्न सन्छ भन्ने पनि मान्यता छ। यसरी वैदिक तथा पौराणिक गाथाहरुले गाइएको यस महान पर्वलाई निर्देशित कर्महरु गरी
दैहिक तथा आध्यात्मिक सुख शान्ति प्राप्त गर्न सकौं ।
यस महान धार्मिक महोत्सवको उपलक्ष्यमा सबै हिन्दूधर्मावलम्वी भक्तजनहरुमा मंगलमय शुभकामना व्यक्त गर्दछु। श्रीकृष्ण राधे !

प्रेम खनाल
भीरकोट-८ ,स्याङ्जा (हाल -काठमाडौंं)

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …