तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

पोखरा समाज अस्ट्रेलियाले यस वर्ष जिल्लाका विभिन्न स्थानमा गएको पहिरामा परी अकालमा मृत्यु भएका परिवारलाई राहत स्वरुप आर्थिक सहयोग प्रदान गरेको छ ।

समाजले पोखरा महानगरपालिका–१८ सराङकोट, माछापुच्छ्रे गाउँपालिका–८ खोराकोमुख, हेमजा र लेखनाथ पैतेडाँडाको पहिरोमा मृत्यु भएका १० जनाको परिवारलाई जनही ११ हजार ५०० रुपैयाँका दरले शनिवार राहत दिएको हो ।

समाजका अध्यक्ष राजु अधिकारीले संकलन गरी पठाएको रकम पोखरा–१८ का वडाध्यक्ष रणबहादुर थापा, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेल, अखिल नेपाल फूटबल संघ (एन्फा) गण्डकीका अध्यक्ष धर्मसिंह लामिछाने, नेपाली कांग्रेसका स्थानीय नेता शिव तिमिल्सिना लगायतले मृतकका परिवारलाई हस्तान्तरण गरेका थिए ।

सराङकोटमा ५, माछापुच्छ्रेमा ३ तथा हेमजा र लेखनाथमा गरी १/१ जनाको पहिरामा परी मृत्यु भएको थियो । पत्रकार महासंघ प्रदेशका अध्यक्ष पौडेलले विपद्को घडीमा जन्मभूमिलाई सम्झेर पीडित परिवारलाई मलम पट्टी लगाउने र पीडामा साथ दिने काम गरेकामा समाजलाई धन्यवाद व्यक्त गरे ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …