तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

जग्गामा हुने विवाद समाधान गर्न नापी विभागले डिजिटल प्रविधिबाट जग्गाको नापजाँच र साँध सँधियार छुट्याउने काम अगाडि बढाएको छ । यसबाट जग्गा नापी थप वैज्ञानिक, तथ्यपूर्ण र पारदर्शी हुने बताइएको छ । यसबाट जमिनको साँध सिमाना यथार्थ हुने भएकाले हाल प्रचलित नापी प्रणालीको जस्तो विवाद नहुने बताइएको छ । नापी विभागका अनुसार यसै महिनादेखि देशभर नै नयाँ प्रक्रिया लागूभएको छ । 

विभागका निर्देशक दामोदर ढकालले साँध सँधियारले हचुवा तरिकाले देखाएको भरमा साँध लगाउने र चार किल्ला तोक्ने प्रवृत्ति अब अन्त्य हुने बताउनुभयो । उहाँका अनुसार, अहिले नाप जाँचमा योग्य दक्ष कर्मचारी भित्रिएका छन् । उहाँले भन्नुभयो, ‘डिजिटल पद्धतिको नाप जाँच प्रविधि भित्रिएको छ, उहिल्यैको जस्तो अब छैन । ’विगतमा गरिएको नापी नक्साले कतिपय अवस्थामा जग्गाको हाल साबिकको अवस्था अहिले नमिल्न सक्छ, कतिपय स्थानमा यो मिलेको छैन, यस्तोमा भएको विवाद डिजिटल प्रविधिबाट अब निरुपण हुने निर्देशक ढकालको भनाइ छ । खेती, उद्योग, विकास निर्माण गरिने जग्गाको उचित संरक्षण यो प्रविधिको नाप नक्साबाट हुने उहाँले स्पष्ट पार्नु भयो   

अधिग्रहण गरिएका जग्गाको मुआब्जा वितरण, जमिनको वैज्ञानिक कर वा सेवाग्राहीलाई आवश्यक पर्दा अनलाइन विवरण यो प्रविधिबाट दिन सकिन्छ । विगतमा भएका कतिपय नापी त्रुुटिपूर्ण रहेको बताउँदै उहाँले उहिल्यैको कर्मचारी र नागरिकको चेतनाका कारण त्रुटि भएकोमा अब यो प्रविधिबाट त्रुटि सच्चिएर यकिन नाप नक्सा आउने बताउनुभयो । 

काठमाडौँ महानगरपालिकाका इञ्जिनियर वीरबहादुर कार्की यो प्रविधिबाट साँध सिमानामा देखा परेका विवाद हट्ने बताउनुहुन्छ । काठमाडौँ उपत्यकामा यसको हाल प्रयोग भइरहेको छ । गुठी संस्थानका इञ्जिनियर एवं प्रवक्ता सरोज थपलियाले यो प्रविधिको उपयोगले समाजमा सीमा साँध विवाद सल्ट्यार छरछिमेक, सँधियार, समाजमा शान्ति कायम राख्न र विकास निर्माणमा मद्दत गर्छ भन्नुहुन्छ । 

वि.सं.२०२१÷२२ सालमा काठमाडौँ उपत्यका र पहाड तथा २०३३ सालमा तराईका जग्गा नाप नक्सा हुँदा फित्ताले नाप्ने प्रविधि उपयोग भएको थियो । हालसम्म त्यसैको निरन्तरता दिइने गरिएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …