तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

भुपराज अर्याल

नेपोलियन बोनापार्ट विश्वका सर्वश्रेष्ठ सेनानीहरु मध्ये एक मानिन्छन् । उनी असाधारण क्षमता भएका फ्रान्सेली सैनिक तथा राजनेता थिए । नेपोलियन प्रथमको रूपमा उनी सन १८०४ देखि १८१४ सम्म तथा सन १८१५ मा फेरि दोस्रोपटक फ्रान्सको सम्राट भएका थिए । १५ वर्षसम्म युरोपमा यिनको एक्लो प्रभाव रह्यो। यसैकारण यस अवधिलाई युरोपको इतिहासमा “नेपोलियन युग” भनिएको छ।

उनको विलक्षण क्षमतालाई देखेर उनका एकजना शिक्षकले भनेका थिए -“यो केटो ग्रेनाइटले बनेको छ,तर यसभित्र एउटा ज्वालामुखी छ।”उनको स्मरण शक्ति चमत्कारपूर्ण थियो ।भनिन्छ,उनलाई आफ्ना सैनिक डफ्फाका सम्पूर्ण सैनिकको नाम कण्ठाग्र थियोे ।लडाइँको समयमा एकैसाथ दुवै हातले भिन्न विषयमा चिठीहरू लेख्थे।उनले आफ्नो जीवनमा २३ हजार चिठी आफ्नै हातले लेखेका थिए ।

उनी जस्तोसुकै परिस्थितिलाई पनि आफ्नो अनुकुल बनाउन सक्थे उनीमहान्, शक्तिशाली, आत्मविश्वासी, निर्भीक, कुशलसंगठक एवम् परिश्रमी थिए ।उनले आफ्नी आमालाई लेखेको पत्रमा लेखेका थिए -“कार्यभन्दा अतिरिक्त यहाँ मेरा अरू साथी छैनन् ,म दस बजे सुत्छु,चार बजे उठ्छु,म दिनमा एकपल्ट मात्र ठिक १बजे खान्छु।”

आफ्ना कठोर परिश्रमबाटै उनी फ्रान्सका सम्राट बनेका थिए ।समयको मूल्यलाई निकै महत्त्व दिन्थे ।खाना खाँदा१०-१२ मिनेटभन्दा बेसी खर्च गर्दैनथे ।युद्धभूमिमा कहिलेकाही घोडाको पिठ्युँमै सुत्ने गर्थे। उनमा बेजोड नेतृत्वसीप एवम् वक्तृत्वकला थियो ।उनको भाषण सुनेपछि जोकोही पनि युद्धमा मर्न तयार हुन्थ्यो ।लडाइँमा हार हुँदापनि उनी कहिल्यै निराश हुन जानेनन्। उनी भन्थे -“युद्धमा हार कहिल्यै हुँदैन ,कि जितिन्छ कि सिकिन्छ।”रूसमा उनको विशाल सेना नष्ट हुँदा पनि उनी निराश भएनन् ।

विश्वविजयको अभियान लिएर अघि बढेका बोनापार्टले आफ्नो उत्कर्षको समयमा बेलायत बाहेक झन्डै पुरै युरोपमा आधिपत्य कायम गरे । आफ्नो उदयपूर्व अस्तव्यस्त बनेको फ्रान्सको आर्थिक ,सामाजिक र राजनीतिक अवस्थामा आमूल परिवर्तन ल्याए ।राजनीतिक स्थिरता कायम गराए।

इटाली ,जर्मनीका साना-साना राष्ट्रहरूको संघ बनाएर आफ्नो कोड लागू गरे। उनको सिभिल कोड न्यायप्रणालीको सुन्दर उदाहरण हो।यस कोडअनुसार धेरैजसो कानुन युरोपमा अहिले पनि प्रचलित छ्न्। उनी भन्थे -“मेरा युद्धले मलाई अमर गर्दैनन् ,तर मेरो सिभिल कोडले मलाई अमर बनाउनेछ ।” उनको यो भनाइ कालान्तरमा सत्यसावित पनि भयो उनले आर्जन गरेको फ्रान्सको विशाल साम्राज्य उनकै समयमा पूर्ववत् अवस्थामा परिणत भयो । भनिन्छ ,युद्धबाट नेपोलियनले जति विनाश गरे,उनको कोडद्वारा युरोपको त्यति नै उद्धार गरे।

नेपोलियन आफ्ना कार्य तथा विजयका लागि अलेक्ज्यान्डर , सिजर,कार्लमेन जस्तै प्रसिद्ध छ्न्।उनले फ्रान्सको क्रान्तिकालीन अस्थिर अवस्थालाई हटाई सुदृढ शासनको स्थापना गरे । नेपोलियनले भनेका थिए -” म त्यसबेला जन्मेको थिएंँ जब मेरो देश मृत्युशैयामा थियोे । म केही समय अघि आएको भए छिटो हुन्थ्यो ,केही समयपछि आएको भए ढिलो हुन्थ्यो ।म ठिक समयमा आएँ। भुँइमा ढलेको मुकुटलाई उठाएँ।”

युद्धमा उनले सफलताका साथै थुप्रै शत्रुहरू कमाए ।पछिल्ला दिनहरूमा उनको विरुद्धमा पराजित राष्ट्र हरुको गुटबन्दी बढ्दै गयो ।निरन्तरको सफलता र लोकप्रियताबाट प्राप्त उनको विशाल सत्ताको अन्त्य हुँदै गयो । उनी शत्रुहरूको घेरामा परे। उनको अन्तिम जीवन अत्यन्तै हृदयविदारक बन्न पुग्यो ।यस्ता महान् पुरुषले सेन्ट हेलेना नाउँको पहाडी टापुमा बन्दी भई क्यान्सरको रोगबाट थलिएर मृत्युवरण गर्नु पर्‍यो ।

नेपोलियनका केही प्रेरक अभिव्यक्तिहरू :

१. तिमी मलाई एउटी असल आमा देउ, म तिमीलाई एउटा असल राष्ट्र दिनेछु ।

२. संसारले दुःख भोग्नुको कारण खराब व्यक्तिको आतंक नभई असल मानिसको मौनता हो ।

३. एउटै शत्रुसँग बारम्बार लडाई गर्नु हुँदैन, किनभने तिमीले उसलाई सबै युद्धका कलाहरु सिकाइसकेका हुन्छौ ।

४. इतिहास सबैले पत्याइदिएको झुट हो ।

५. एउटा लिडर भनेको आशाको संवाहक हो ।

६. मुर्खता मानवीय चेतनाको निम्ति फाइदाको कुरा हो,किनभने ऊ सधैँ आफूसँग सन्तुष्ट रहेको हुन्छ ।

७. सोच्नमा समय लगाऊ तर जब काम गर्ने समय आउँछ तब सोच्न बन्द गर र अगाडि बढ ।

८. तिमी हारलाई हराएर र असफलतालाई सफलतामा बदलेर मात्र बलिष्ठ बन्न सक्छौ।

९. त्यहाँ जम्मा दुइ शक्ति छन् जसले मानवलाई अगाडि धकेल्छ,इच्छा र भय ।

१०. एक जनाले गर्नसक्ने सबै गर्नु मानव बन्नु हो भने एकजनाले इच्छाएको जति गर्नु ईश्वर बन्नु हो ।

११. सधैं गरिब नै रहने पक्का उपाय भनेको इमान्दार हुनु हो ।

१२. कुनै पनि काम सम्पन्न होस् भन्ने चाहन्छौ भने त्यो कार्य तिमी आफैं गर ।

१३. कल्पनाले नै संसारमाथि शासन गर्छ ।

१४. एउटा साँचो मानवले कसैलाई पनि घृणा गर्दैन ।

१५. अवसर बिनाको क्षमता केही होइन ।

१६. असम्भव भन्ने शब्द मुर्खहरूको शब्दकोषमा मात्र हुन्छ ।

१७.लडाइँमा हार कहिल्यै हुँदैन कित जितिन्छ कित सिकिन्छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …