तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

लेखक रमेश खड्का

मुक्तक

निराशपूर्ण थियो मेरो कहानी हेरिरहें।
एक अर्काले मज्जा मानी मानी हेरिरहें।
दुःखपर्दा साथ देलान् भनेका आफ्नहरुले।
मेरो संसार, सर्वस्व लुटीदानी हेरिरहें।

खुसी बनाउलान् भनी आस गरेकाहरुले पिर बनाउँछन्।
बहकाउँछन् रूहाउँछन् मनलाई झनै गम्भीर बनाउँछन्।
नसम्झनु, नरुनु है अब फर्केर कहिल्यै आउँदिन भन्नेहरुले।
मुटुमा बस्छन्,जान्छन् तर अविस्मणीय तस्बिर बनाउँछन्।

सबैले गर्छन् अनि गर्नुपर्छ भन्ने कर जस्तै लाग्छ।
बालबालिकालाई बिहे कुनै रहर जस्तै लाग्छ।
बिहे पछि भविष्यका लक्ष्यहरू मेटिदै जाँदा।।
जिन्दगी पनि जिन्दगी लाग्दैन इरेजर जस्तै लाग्छ।

चाइयो~भनेउ कागजी भरपाई लेखेर दिएको हुँ।
दिन नमान्ने पागल मन तन्काई लेखेर दिएको हुँ।
पुग्नु छ टाढा, रोज्नु छ राम्रो मान्छे भन्ने कुरा सुनायौ।
सम्बन्ध विच्छेदको कागज नडराई लेखेर दिएको हुँ।

सच्चा विश्वास पूर्ण गतिशील प्रेम छुटाइन्छ।
हुँदा पनि निकै मुस्किल प्रेम छुटाइन्छ।
मागी बिहेको नाममा प्रेम जोडीलाई पीडा दिई।
टूटाँई जोडिएका दिल प्रेम छुटाइन्छ।

हेर्दै जानुस् ~सुन्दै जानुस् हरेक गर्छु भन्छन्।
सुख दुःखमा साथ दिन्छु अनेक गर्छु भन्छन्।
गरीब जनताकै पसिनाले पेट भर्ने नेताहरुले।
गरिवकै लागि मर्छु उस्कै रेखदेख गर्छु भन्छन।

सबैले गर्छन् अनि गर्नुपर्छ भन्ने कर जस्तै लाग्छ।
बालबालिकालाई बिहे कुनै रहर जस्तै लाग्छ।
बिहे पछि भविष्यका लक्ष्यहरू मेटिदै जाँदा।।
जिन्दगी पनि जिन्दगी लाग्दैन इरेजर जस्तै लाग्छ।

कित कसैको छोड्नै नसक्ने संगत पाएकी छौं।
नत्र निकै फाइदाजनक~ राहत पाएकी छौं।
पहिला कहिल्यै यस्तो थिएनौं तिमी जस्तो आज छौं।
छिट्टै भन त्यो पेसामा कति प्रतिशत पाएकी छौं।

घुम्यौं बेस्सरी सेरोफेरो, उद्धार गरेनौ।
पर्दा मलाई निकै अप्ठेरो, उद्धार गरेनौ।
आफूलाई पर्दा आज गुहार गुहार भन्नेले।
सोचेनौ जीवनमा पर्ला अधेरो उद्धार गरेनौ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …