तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

भुपराज अर्याल

म मुस्कुराए ऊ हाँसीदिन्छ।
म ठुस्किए ऊ रिसाइदिन्छ।
म आगो बने ऊ ज्वाला बन्छ।
म पानी बने ऊ हिउँ बन्छ।
उसको र मेरो अनन्त सम्बन्ध छ।

हो !
म जस्तो बन्यो ऊ उस्तै बन्छ।
संसारलाई हँसिलो देख्न म आँफै हाँस्नु पर्छ ।
रसिलो देख्न आँफै रसाउनु पर्छ।
मेरो हाँसोमा उसको सुख लुकेको छ।
उसको खुसीमा मेरो आनन्द जडिएको छ।

फरक यतिमात्र हो,
मैले खुसी पाउन पहिले आँफै मुस्कुराउन जान्नु पर्छ ।
उसले पाउन उसैले ।
किनकि , मेरा आँखाले मेरै मुहार देख्दैन ,देख्छ उसको मात्र ।
उसको पनि दशा उस्तै हो।

त्यसैले , मेरा हाँसोहरु मेरै मुस्कानका कमाइ हुन्।
मेरा रोदनहरू मेरै आँसुका बगाइ हुन्।
मेरा लडाइँहरू मेरै मुर्ख्याइँका प्रतिफल हुन्।
उसको पनि दशा उही हो।

त्यसैले त, ऊ र म घनिष्ट मित्र हौं ।
उसको र मेरो अनन्य सम्बन्ध छ ।
उसको मुहार सुकिलो देख्न ,
आफ्नै मुहार धुनु पर्छ ।
उसको पनि व्यथा उही हो ।
म आफ्नो मुहार उसको ऐनामा हेर्छु, ऊ मेरोमा।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …