तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

हेमराज उपाध्याय

आज म बालकन्या छु ,
मेरो गृहको मूल दिप हुँ,
समाजका कलिला मुना
सेतो कागजको टुक्रा हुँ ।

आज पल्लाघरे बजेको श्राद्धे रे ,
मलाई श्रद्धा गरी पाउ ढोगी
आज त्यहाँ भगवती हुँ रे ।
मेरि आमा पल्लाघरे काकी काखमा राखी

कपाल सुम्सुम्याई शृङ्गारी
पुतली झै आहा ! छोरी !
आमाबुबाले पाठ सिकाउनु भएको ,
खानदानको र समाजको इज्जत
चित्रविचित्रले बाल्यकाल ढल्क्यो।

परिवारबाट टाढा बिरानो शहरमा,
सपनाको शृङ्गार मेरो लक्ष्य थियो ,
अनेकौं प्रकारका अनौठा मान्छेहरु
यहाँ , रहनसहन , भेषभूषा कताकता ।

कताकता हराई बिचार घुमाई,
सक्छु कि सक्दिन समायोजन हुन ,
आज म परसंस्कृती ग्रहण गरी ,
नयाँ दौंतरीको साथमा मनोरञ्जन ,
व्हिस्की  अनि बियरको घुड्की लगाई
उनको बस्त्र पहिरी आकाशमा उडेँ ।

यहाँ अमृत पिए जल हुने रहेछ ,
जल पिए पनि बिष हुने रहेछ,
बिष पिए झन् अमृत पो बन्ने रहेछ ,
यो दुनियाँले नेत्रले होइन उपनेत्रले देख्छ ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …