तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

खुमकान्त अर्याल

सन्सारभरका मानिसहरु सवै दाजुभाई आमा वुवा दिदीवहिनी हुन् भन्छौं हामी, तर व्यवहारमा धेरै भेदभाव देखाउँछौं । आँफ्नै गाउँमा वसोवास गर्ने दलितजातिका दाजुभाई संग हेलमेल सहयात्रा गर्न हिच्किचाउँछाैं, यति सम्म कि स्वयं दलित जाति भित्रकै उपजातिहरूका वीच पनि धेरै भातपानिका भेदभावहरू देखिने गर्दछ । धर्मको नाममा आर्कौ धर्मको भनेर पर्गेल्ने गर्दछौं, एउटै धर्ममा पनि भिन्न सम्प्रदायका वीच आँफु ठीक भन्ने दावीहरु छदैछन् । कसैले आँफुलाई कुलीन र भारदार भनेर आफनै थर गोत्र र दाजुभाईमा पनि भातपानी तल्लो र माथिल्लो भन्ने गर्दछौं । भेक, जिल्ला, प्रदेशस्तरको वीचको प्रतिस्पर्धामा एकापसमा लडाँई गर्न तयार रहन्छौ ।

राजनैतिक दलका नेता कार्यकर्ता वीच को ठुलो र न्यायको पक्षपाती भन्ने विवाद छ, एउटै दलमा पनि हामी गुटउपगुटको पानी वारवार समेत देख्ने गरिन्छ । सवै देशहरुले आँफ्नो इतिहास र संस्कृति अनि आदर्श उत्कृष्ट छ भन्ने चलन छदैछ । महादेशहरुले पनि आआफनै विशेषताका दलील गर्दछन् । नास्तिकवादी र आस्तिकवादीको मतभिन्नता कति छ कति । आस्तिक वादीमा पनि द्वेतवादी र अद्यैतवादीको खाडल निकै गहिरो छ । विज्ञान र धर्मको आआफनै अकाट्य विरोधी तर्कहरु छन् । पुँजीवादी, साम्यवादी तथा समाजवादीको झगडाको कुरै नगराैं । कोही आर्य,कोही मंगोल, कोही काला, कोही गोरा, कोही द्रविड, कोही निग्रो ,सवैले आ -आफनो जाति पुरानो र सभ्य छ भनेर विश्वास गर्दछन । सभ्यताको वारेमा पनि धेरै दावीहरु छन् । कसैले मिश्रको सभ्यता, कसैले हडप्पा र सिन्धु घाँटीको त कसैले मेसोपोटामिया कसैले युनान, सुमेर, अशिरिया, चिनीया, भारतीय सभ्यता पुरानो हो भनेर मान्दछन् । हिन्दु, इस्लाम, इशाई, वुद्द यहुँदी तथा अन्य ससाना भनिएका धर्महरुको वीचमा को सत्यवादी भन्ने विषयमा त आज सम्म धेरै युद्द भैसकेको छ ।

यी सवै भिन्नताहरु साँच्चै तथ्यमा आधारित छन् कि हाम्रा एकल मान्यताहरु हुन् र हाम्रा आस्था र विश्वासहरु प्रकृतिले चुनौती नदिने समय सम्म निक्कै विक्छन, जव चुनौति आँउछ तव परीक्षण हुने गर्दछ । हाम्रो शरीरको प्रणली सवैको एउटै छ, स्वास प्रश्वास, पाचन, मेरुदण्ड तथा हड्डि र नशाहरू । सवैलाई समयमा नखाँदा भोकलाग्छ । सवैलाई निद्रा लाग्दछ । सवैको जन्म गर्भाधान प्रकृयावाट भएको छ । सवैको रगत रातो छ । सवै एकपटक मर्दछन् । सवैले खाएको चीज पाचनगरी मलमुत्रको रुपमा विसर्जन गर्दछन्, मलमुत्र सवैको दुर्गन्धित नै हुन्छ । सवै अंगप्रत्यंग एउटै स्वरुपको छ । सवैको निम्नतम आवश्यकताको प्रकृति एउटै छ । कल्पना गरौं, एउटै उमेर समूहका कुनै एक हिन्दु पुरोहित, एक इशाई गडफादर,एक इस्लाम मौलाना, एक वुद्दिष्ट भिक्षु, एक नास्तिक वा चार्वाँकी, एक साम्यवादी नेता, एक प्रजातन्त्रवादी नेतालाइ, एक वुजुर्ग र एक िनरक्षरलाइ एउटै कोठामा केही दिन, केही खान नदिएर, पानी नदिएर राखेर हेरौत, कसलाई भोक लाग्ने छैन,कुन अशक्त हुनेछैन,को बिरामी पर्ने छैन,कसको अनुहार रूपहीन हुने छैन र कस्को शरीर दुर्गन्धित हुनेछैन ? यसर्थ प्रकृतिको प्रशासनमा हामी सवै समान छौं । हामी मानिसहरुले मात्र विभाजन कोरेका हौँ । देशको सीमाना कोर्ने पनि हामी नै हौँ । जति धर्म वर्णको भेदाभेद गर्ने चलन चलाउने पनि हामीनै हौँ । अहिले पनि प्रकृतिले कसैलाई भेद गरेको छैन, नदीलाई, हावालाई, घामलाई र पशुपंक्षीलाई कँही सीमाना लगाउने काम गरेको छैन, ।

अक्सिजन सवै ठाउँमा उपलव्ध छ । सुर्यको प्रकाश सवै ठाउँमा पुगेकै छ । कसलाई उत्कृष्ट मान्ने र अहिलेको कोरोना भाइरसको संक्रमणले कसलाई छोएन ? हिन्दुलाई छोयो, वुद्दिष्ट र ताओलाई, इस्लामलाई, इशाईलाई , यहुँदीलाई, कोही झेनलाई कोही जैनलाई , कम्युनिष्टलाई, प्रजातन्त्रवादीलाई, समाजवादीलाई सवैलाई छोयो होइन ? अव महादेशको हिसावले हेर्ने हो भने सवै महादेशमा पुगी सक्यो कोरोना । विकसित देशहरु चीन अमेरिका इटाली, जापान कोरिया कसलाई छोएन कोरोनाले रु तपस्वीलाई , गृहस्थिलाई, व्यापारी, कर्मचारीलाई ठुला भनिएका जातिलाई कालालाई, गोरालाई, प्राज्ञलाई, निरक्षरलाई कसैलाई भेदभाव गरेन, डाक्टरलाई समेत ।

पृथ्वीमा कुनै ग्रह आएर ठोकियो भने पृथ्वी नष्ट भैरहदा कुन हिन्दु वच्ला, कुन इशाई वा मुस्लिम वा कुन अमेरिकी, भारतीय, चीनिया र रसियन ? कोरोना पनि तेस्तै वैश्व संकटको सूचना हो । यसैले हाम्रा स्वधोशित उत्कृष्ट दर्शन, जाति ,सीमाना,देश, मुल्य र मान्यता अनि सभ्यता सवै हाम्रा एकपक्षीय दावीहरु हुन भन्ने कुरा यस्तै विश्व आपत्तिका वेलामा सिक्ने गरौँ । वरु उत्कृष्टता त आपत्तिका वेलामा गरिने मानवीय सेवा र त्यागले मात्र प्र्माणित गर्ने छ । हामी भन्छाैं -वसुधैव कुटुम्वकम- । यँहा कुटुम्व भनेर सन्सार भरका मानव मात्र हो र जीव र वनस्पतिलाई समेत परिभाषित गरिएको हो तेसैले हामी कोही ठुलो सानो होइन, सवै समान छौ, भनाइमा मात्र होइन गराइमा पनि देखाउने साहस गरैां, मानिस मानिस वीचको अभेद सम्वन्ध रहेको स्वीकार गरैां ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …