तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

भुपराज अर्याल

सम्झना

चिप्लेटी खेल्दै डाँडामा ,
देउराली भीर पाखामा ।
डन्डीबियो खेलेको,
घुमिरन्छ आँखामा ।।

खोलीको ढुंगामा बसेर,
लैबरी भाकामा गाएको ।
ऐसेलु दाना टिपेर,
बाँडीचुँडी खाएको ।।

हातमा हात गाँसेर ,
टाकुरे लाउनी खेलेको ।
सानी र मैले मिलेर ,
पातलीलाई घेलेको।।

टोपीमा मिठाई बाँधेर ,
टोकेर भाग लाएको ।
गाभाको पातमा बोकेर ,
मूलको पानी खाएको ।।

सम्झना आउँछ हिजोको ,
हाँसेको,नाचेको , खेलेको।
आज त हेर्छु जिन्दगी ,
लहराले जेलेको।।है!…..!

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …