तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

एजेन्सी

नेकपाको स्थायी कमिटीको महत्त्वपूर्ण बैठक अघि भारतका पक्षमा समर्थन बढाउनका लागि भारतीय गुप्तचर अधिकारीहरू काठमाडौंमा डेरा जमाएरै बसेको भारतबाट प्रकाशन हुने द पायोनीयर नामक अन्लाइन पत्रिकाले खबर दिएको छ ।

राकेश के सिंहको बाइलाइनमा प्रकाशित खबरअनुसार, जासूसी संस्था रअका प्रमुख सामन्त कुमार गोयल र इन्टेलिजेन्स ब्यूरोका प्रमुख अरविन्द कुमारले विभिन्न दलका नेताहरूसँगको भेटघाट तीव्र बनाएका छन् । चिनियाँ राजदूतले नेकपा नेताहरूलाई भेटिरहेको बेलामा भारतीय गुप्तचर अधिकारीहरू पनि सक्रिय बनेका हुन् ।

गोयल र कुमारले नेपाली नेताहरूलाई भेटेर क्षति नियन्त्रणको काम गरिरहेका छन् । कालापानी, लिपुलेक, लिम्पियाधुरालाई समेटेर नेपालले नक्सा जारी गर्दै त्यसलाई संवैधानिक मान्यता दिएपछि भारतीय गुप्तचर अधिकारीहरू सक्रिय बनेका हुन् । उनीहरूलाई भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले सीधै निगरानी गरिरहेको बताइएको छ ।

भारतीय अधिकारीहरूले पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, केशव बडाल लगायतका नेताहरूलाई भेटिसकेका छन् । उनीहरूले ओली निकटका नेता शंकर पोखरेल र ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईलाई पनि भेटिसकेको बताइएको छ ।

विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका साथै डा मिनेन्द्र रिजाल, विमलेन्द्र निधि र कृष्ण सिटौलालाई पनि भारतीय जासूसी निकायका शीर्ष अधिकारीहरूले भेटेको स्रोतले जानकारी दिएको छ ।

मधेशवादी दलका नेता महन्थ ठाकुर, उपेन्द्र यादवका साथै डा बाबुराम भट्टराईसँग पनि उनीहरूले भेटघाट गरेको बताइएको छ ।

भारतको नेपालसँग गहिरो सभ्यतागत तथा सांस्कृतिक सम्बन्ध छ तर नेपाली नक्साको संशोधनले दुई देशबीचको सम्बन्धमा खलल पुर्‍याउने खतरा रहेको भारतको बुझाइ छ । विश्वासको क्षयीकरणलाई रोक्न अनि सम्बन्धलाई पुनः सही दिशामा ल्याउन नयाँ दिल्लीले उच्चस्तरीय संवाद जारी राखेको स्रोतको भनाइ छ

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …