तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

अग्निकुमार पल्लव

बाटो

उचालेमा उचालिन्छ,
ओरालेमा ओरालिन्छ।
अब हाम्रो यात्राबाट,
नयाँ बाटो पगालिन्छ।।

सज्जन भन्छन्-बाटो चिन,
विद्वान भन्छन्-बाटो हिड।
दुर्जनहरु भन्ने गर्छन-
बाटो बीचमै फाटो किन।।

बाटोबाट बाटो छिर्छ,
बाटोले नै बाटो चिर्छ।
एउटा ठुलो बाटोले नै,
कयौंँ साना बाटा भिर्छ।।

बाटो आउँछ बाटोबाट,
बाटो जान्छ बाटोबाट ।
कति बाटा बनेका छन्,
यो धर्तीको माटोबाट ।।

बाटो देख्छौ यता हेर,
बाटो देख्छौ उता हेर ।
तलमाथि दायाँबायाँ,
बाटो हुन्छ बाटैनेर।।

जेजे भन मान्छ बाटो,
जता लैजाऊ जान्छ बाटो।
तिमी थोत्रो बाटो छोड,
अब नयाँ बाटो जोड।।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …